कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वार्चित, गगन थापा पराजित
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएको निर्वाचनमा महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा दलको नेतामा निर्वाचित भएका हुन् ।
देउवाले ६४ मत पाउँदा गगनले २५ मत पाएका पाएका थिए । निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए । नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै भोट हालेकी थिइन । उनी सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी छन् ।
निर्वाचन समितिका प्रतिनिधिहरु अस्पतालमै पुगेर उनको मत संकलन गरेका थिए । गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए । संसदीय दलको चुनावमा पराजित भएका गगन थापाले विजयी उम्मेदवार शेरबहादुर देउवालाई बधाई दिएका छन् ।
निर्वाचन परिणामपछि सञ्चारकर्मीहरूलाई पहिलो प्रतिक्रिया दिँदै उनले अघिल्ला कार्यकालभन्दा फरक काम गरेर देखाउन देउवालाई आग्रह गरे । चुनावी परिणामलाई स्वाभाविकरूपमा लिएको गगनले प्रतिक्रिया दिएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #गगनले २५ मत, #नेपाली कांग्रेस संसदीय दल, #शेरबहादुर देउवा निर्वाचित
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्