Techie IT
  • २९ वैशाख २०८२, सोमबार
KhojPatrika

६० जना सवारी साधन चालकको लाइसेन्स निलम्बन प्रक्रियामा


काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर महिनामा मात्रै ६० वटा सवारी चालक अनुमति पत्र (लाइसेन्स) निलम्बनको लागि यातायात व्यवस्था विभाग पठाएको छ । पाँचभन्दा बढी पटक ट्राफिक नियम उल्लंघन गरेको पाइएपछि ती अनुमति पत्र निलम्बनका लागि विभागमा पठाइएको हो ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ र नियमावली २०५४ मा चालकले पालना गर्नु पर्ने सर्त तथा नियमहरू पाँच पटकभन्दा बढी उल्लंघन गरेको पाइएमा निलम्बन गर्न सकिने व्यवस्था गरेको छ । निलम्बनका लागि पठाइएकोमा एक चालक ४४ पटक कारबाहीमा परेका छन् ।

एकजना ३५ पटक, तीन जना २४ पटक र एकजना १४ पटक कारबाहीमा परेका छन् । त्यस्तै सात जना १२ पटक, दुई जना चालक सात पटक र ४५ जना छ पटक कारबाहीमा परेकाले लाइसेन्स निलम्बनको कारबाही अगाडि बढाइएको बताइएको छ । ट्राफिका नियम उल्लघंन गरिरहने चालकहरूबाट नै बढी सवारी दुर्घटना भएको तथ्यांकले समेत प्रष्ट पारेको छ ।


क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #ट्राफिक प्रहरी, #पत्र निलम्बन, #सवारी चालक अनुमति पत्र

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं