दाङको तुलसीपुरमा सहकारीका सञ्चालकहरूका लागि क्षमता अभिवृद्धि तालिम
दाङ । राष्ट्रिय सहकारी बैंक लिमिटेड तुलसीपुर शाखाको आयोजनामा सञ्चालित दुई दिने सहकारी संस्थाका सञ्चालकहरूको क्षमता अभिवृद्धि तालिम गरिएको छ ।
सोमबारदेखि सुरु भएको तालिम समापनको अवसरमा लुम्बिनी प्रदेश सहकारी संघका सचिव रूपबहादुर खत्रीले बैंकले सञ्चालन गर्ने यस्ता व्यवहारिक तथा प्राविधिक तालिमहरू निरन्तर सञ्चालन गरि यस क्षेत्रको सहकारी अभियानलाई थप सबल तथा व्यवस्थित गर्न महत्त्वपूर्ण योगदान गरेकोमा प्रशंसा गर्दै तालिममा सिकेको कुरा व्यवहारमा लागु गर्न आग्रह गरे ।
तालिमका सहभागीहरूले तालिम प्रभावकारी तथा उपयोगी भएको भन्दै बैंकले यस्ता किसिमका तालिम नियमित रूपमा सञ्चालन गर्नुपर्ने बताएका थिए । बैँकको शाखा समन्वय समिति घोराही दाङ शाखाका सदस्य हेमन्त कुमार योगीको अध्यक्षतामा भएको तालिम कार्यक्रमको सञ्चालन तुलसीपुर शाखा प्रमुख अजय रोकायाले गरेका थिए ।
तालिममा दाङ र सल्यान जिल्लाका विभिन्न २७ वटा सहकारी संस्थाहरूबाट संस्थाका सञ्चालकहरू, लेखा सुपरिवेक्षण समिति, ऋण उप–समिति तथा उच्च व्यवस्थापन तर्फका कर्मचारीहरू गरी ३३ जनाको सहभागिता रहेको थियो ।
तालिममा सहकारी सञ्चालन सम्बन्धमा आवश्यक पर्ने ऐन, नियम, संस्थाको विनियम, विभिन्न नीति कार्यविधि, सञ्चालक समितिको काम कर्तव्य र अधिकार लगायत विषयमा बैँकको तालिम विभागका सहायक अधिकृत राज कुमार बरालले सहजिकरण गरेको बताइएको छ ।
क्याटेगोरी : अर्थ, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्