फिल्म हलमा पनि आजदेखि विश्वकप फुटबल हेर्न सकिने
काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा शुक्रबारदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछन् । आजको पहिलो खेल ब्राजिल र क्रोएसिया तथा दोस्रो खेल अर्जेन्टिना र नेदरल्याण्ड्सबीच हुँदैछ । नेपालमा टेलिभिजनमा मात्र फुटबल हेर्दै आएका नेपाली दर्शकले शुक्रबारदेखि फिल्म हलको ठूलो पर्दामा समेत विश्वकप फुटबल हेर्न पाउने भएका छन् ।
काठमाडौं उपत्यकाका ठूला मल्टिप्लेक्सले मिडिया हबसँग फुटबल देखाउने सहमति भएको छ । वान सिनेमाज् मल्टिप्लेक्सले नयाँ बानेश्वरस्थित आइप्लेक्स मल र कालिमाटीस्थित हलमा फुटबल हेर्न पाइने छ । राति साढे ८ बजे वान सिनेमाजले दुवै हलमा ब्राजिल र क्रोएसियाको खेल हुनेछ ।
हलले बुधबार बेलुका नै एड्भान्स बुकिङ खुला गर्दै शुक्रबार बेलुका साढे ८ बजे फुटबलको लाइभ देखाउने जनाएको थियो ।कमलपोखरीस्थित बिग मुभिजले सेमिफाइनल र फाइनल खेल देखाइने छ । अर्को ठूलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाजले गोंगुबस्थित ल्होत्से मल, पोखरा र चितवनस्थित सिनेप्लेक्सका हलबाट फुटबल देखाउने जनाएको छ ।
क्याटेगोरी : खेलकुद, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #क्वार्टरफाइनल, #विश्वकप फुटबल
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्