गुल्मीमा गोकर्ण विष्टलाई लगाइयो सुन्तलाको माला

काठमाडौं । गुल्मी क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित नेकपा एमालेका गोकर्ण विष्टलाई फूलको मालाको सट्टामा सुन्तलाको माला लगाइएको छ ।
प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन गाउँ गाउँमा पुगेका विष्टलाई स्थानीय कृषकले फूलको माला लगाउने ठाउँमा सुन्तलाको माला लगाई दिएका हुन् ।
मङ्गलवार मतदातालाई धन्यवाद दिन रेसुङ्गा नगरपालिकाको वडा नम्बर–३ को भाडागाउँमा पुगेका विष्टलाई स्थानीय कृषकले सुन्तलाको माला लगाई दिएको बताइएको छ । स्थानीय कृषि उत्पादनलाई बजारीकरणमा टेवा पुराउने उद्देश्यले सुन्तलाको माला लगाइदिएको बताइएको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिकाको भाडगाउँ र धुर्कोट गाउँपालिकाको नयाँ गाउँ सुन्तला प्रसिद्ध ठाउँ हुन् । यहाँ उत्पादन भएका सुन्तला जिल्ला भित्र र जिल्ला बाहिर पाल्पा, बुटवल, पोखर, काठमाडौं लगायत ठूला शहरमा पुग्ने गर्दछन् । विष्टले लगाएको माला यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #गोकर्ण विष्ट, #फूलको माला, #सुन्तलाको माला
ताजा खबर
- १कांग्रेसमा उठ्यो राज्यमन्त्री कान्छारामलाई हटाइएको विषय
- २लण्डनको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थी ओलीकै भएको पुष्टि
- ३सभापतिमाथि लगाएको मुद्दामा दम छैन, सरकारको प्रतिशोध मात्रै होः सोबिता गौतम
- ४भारतले पाकिस्तानबाट हुने आयातमा लगायो पूर्ण प्रतिबन्ध
- ५समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट बिदा हुने संकल्प लिएको छुः प्रचण्ड
तपाईको कमेन्ट लेख्नुहोस्