Techie IT
  • १ जेठ २०८२, बुधबार
KhojPatrika

पहिलो पटक विजयकुमार गच्छदार पराजित, एमालेकी भगवती चौधरी विजयी


काठमाडौं । नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार पहिलो पटक पराजित भएका छन् । उनलाई सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चौधरीले हराएकी हुन । उनले ४० हजार ७८८ मत पाइन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विजयकुमार गच्छदारले ३५ हजार ६०० मत पाएका थिए ।

यो हारसँगै संसदीय राजनीतिका अनुभवी खेलाडी विजयकुमार गच्छदार पहिलो पटक संसद पुग्न असफल भएका छन् । २०४८ यताका सबै संसदमा निर्वाचित भएर सक्रिय भूमिकामा रहेका गच्छदार आउने प्रतिनिधिसभामा भने बाहिर हुनेछन् ।

एमाले नेतृ भगवती चौधरीलाई पछिल्लो दुई निर्वाचनमा झिनो मतले पराजित गरेका गच्छदार उनै चौधरीसँग यो पटकको निर्वाचनमा पराजित भएका हुन् ।

चौधरीलाई २०७० मा भएको दोस्रो संविधानसभामा ३ सय ६२ मतले र पछिल्लो २०७४ को निर्वाचनमा ३ सय २१ मतले गच्छदारले पराजित गरेका थिए । तर, यो पटक भने भगवतीले गच्छदारलाई ५ हजार बढी मतको अन्तरले पराजित गरेकी छिन् ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमालेकी भगवती चौधरी, #विजयकुमार गच्छदार

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं