दलका नेताले आत्मसमिक्षा गर्नुपर्छः माओवादी अध्यक्ष प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनका क्रममा एजेन्डा नभएर आवेगमा देशलाई र भावावेशमा मानिसलाई भ्रमित पार्ने संकेत देखा परेको बताएका छन् ।
गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा विजयी उम्मेदवार दाहालले शुक्रबार गोरखामा आयोजित धन्यवाद ज्ञापन समारोहलाई सम्बोधन गर्दै यो परिस्थितिको राजनीतिक दल र नेताहरूले एक चोटी आफैतिर फर्किएर सोच्नुपर्ने अवस्था आइलागेको बताएका छन् ।
संविधानले व्यवस्था गरेको लोकतान्त्रिक प्रतिनिधित्व तथा सिंहदरबारको अधिकार प्रदेश तथा स्थानीय तहमा पुगेका कुराहरूलाई उल्टाउने कतै न कतैबाट चेष्टा भइरहेको दाहालका आरोप छ । नेपाली जनताको अधिकारको सुरक्षाका लागि अन्तिम समयसम्म प्रयास र संघर्ष गर्ने पनि दाहालले बताए ।
७५ वर्षदेखि प्राप्त गरेको ‘लोकतान्त्रिक अधिकारको रक्षा’ र गाउँ र नगरको सिंहदरबारलाई उल्टाउने चेष्टालाई सफल हुन नदिने पनि दाहालले बताए । उनले आफूले चुनावताका ल्याएका एजेण्डा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्