नेकपा एमाले र माओवादी केन्द्रका महासचिव पराजित
काठमाडौं । कम्युनिस्ट पार्टीमा व्यवस्थापकीय र सांगठनिक हिसाबले निक्कै शक्तिशाली मानिने पद महासचिव हो । तर, एमाले र माओवादीका महासचिव संसदीय निर्वाचनमा पराजित भएका छन् । नेकपा एमालेका महासिचव शंकर पोखरेल दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्मासँग पराजित भए ।
लमजुङमा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङसँग पराजित भएका छन् । गतवर्ष भएको दुबै पार्टीको महाधिवेशनबाट महासचिवको रूपमा उदाएका थिए । तर, दुवै नेताले संसदीय चुनावमा भने हार बेहोरेका हुन् ।
दाङमा एमालेका महासचिव पोखरेललाई माओवादीकी शर्माले १ सय ९६ मतको अन्तरले पराजित गरिन । शर्माले २६ हजार ८ सय ७७ मत प्राप्त गर्दा एमाले महासचिव पोखरेलले २६ हजार ६ सय ८१ मतमात्रै प्राप्त गरेका थिए । लमजुङमा एमाले उपमहासचिव गुरुङले ३४ हजार ९ सय ६९ मत प्राप्त गरेर जित हासिल गर्दा माओवादी महासचिव गुरुङ ३ हजार १ सय ८८ मतान्तरले पराजित भए ।
माओवादी महासचिव गुरुङले ३१ हजार ७ सय ८१ मतमात्रै ल्याएका थिए । एमाले महासचिव पोखरेल यसअघि लुम्बिनी प्रदेशका मुख्यमन्त्री थिए । माओवादी महासिचव गुरुङ भने माओवादीको प्रमुख सचेतकको रूपमा संघीय संसदमा सक्रिय भएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दुबै महासचिव पराजित, #देवप्रसाद गुरुङ, #पृथ्वीसुब्बा गुरुङ
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्