तेश्रो प्रयासमा भारी मतसहित विश्वप्रकाश शर्मा विजयी,झापा १ कांग्रेसले २३ बर्षपछि जित्यो
काठमाडौं । अघिल्ला दुई निर्वाचनमा पराजय बेहोरेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तेश्रो पटक भने भारी मत ल्याएर निर्वार्चित भएका छन् । उनले एमालेका स्थायी कमिटी सदस्य अग्नि प्रसाद खरेललाई १४ हजार २ सय ७५ मतान्तरले पराजित गर्दै पहिलो पटक संसदीय राजनीतिक यात्रा तय गरेका हुन्।एमालेको प्रभाव क्षेत्र मानिने क्षेत्र नं १ मा कांग्रेसले २३ वर्षपछि जितेको हो ।
२०५६ को मध्यावधि चुनावमा कांग्रेसका नरेन्द्र विक्रम नेम्वाङले जितेका थिए । पार्टीभित्र प्रभावशाली युवा नेताको छवि बनाएका शर्माले ३९ हजार ६ सय २४ मत पाउँदा खरेलले २५ हजार ३ सय ४९ मत मात्रै पाए । शर्मा २०७० का दोश्रो संविधानसभा निर्वाचनमा एमालेका रविन कोइरालासँग र २०७४ मा वाम गठबन्धनका उम्मेदवार माओवादी नेता राम कार्कीसँग पराजित भएका थिए ।
दुई पटक यसै क्षेत्रबाट पराजित भएका महामन्त्री शर्माले कार्यकर्ता पंक्तिकै असन्तुष्टिका बीच तेश्रो पटक उम्मेदवार बन्ने निर्णय गरेका थिए । जितपछि शर्माले पुराना भनाइ दोहोऱ्याउँदै भने,‘पहिलो प्रतिस्पर्धा परिचयको थियो, दोश्रो अनुभवको र यो परिणामको हो ।’ नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शेरबहादुर देउवा र डा. शेखर कोइराला दुवै समूहमा नपर्दा महामन्त्रीमा विश्वप्रकाश शर्माको प्रतिस्पर्धा एकदमै कठिन देखिएको थियो । तर, धेरैलाई चकित बनाउँदै उनले सहज जित निकालेका थिए ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #विश्वप्रकाश शर्मा विजयी
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्