एमाले अध्यक्ष ओलीले मतदानपछि भने मंसिर १५ सम्ममा एमालेको सरकार
काठमाडौं । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मंसिर १५ गतेसम्म एमालेको बहुमतीय सरकार बन्ने दाबी गरेका छन् । आइतबार भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ को महेन्द्र शान्ति मा।वि।को मतदान केन्द्रबाट मतदान गर्दै उनले निर्वाचनबाट एमालेले बहुमत ल्याउने दाबी गरेका हुन्।
अध्यक्ष ओलीले आगामी मंसिर १५ गतेसम्ममा एमालेको बहुमतको सरकार बन्ने र त्यो नभए एमालेसँग साझेदार गरेका दलहरूसँग मिलेर सरकार बनाउने बताएका थिए । उनले केही ठाउँमा बाहेक निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे।
एमालेले बहुमत ल्याउने र बहुमत नआएको खण्डमा एमालेसँग सहकार्य गरेका दलहरूको सरकार बन्ने उनको भनाइ थियो । अध्यक्ष ओलीले अप्रिय घटना भएका ठाउँमा निर्वाचन सुसम्पन्न हुन नसके पुनः मतदान गर्नुपर्ने बताए।
शान्तिपूर्ण रूपमा, निर्वाध रूपमा निर्वाचन सम्पन्न हुनेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । नयाँ दलहरू राष्ट्रिय पार्टी बन्ने अवस्था नरहेको पनि ओलीले बताए। ओली झापा–५ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार छन्।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #एमालेको बहुमतीय सरकार, #केपी शर्मा ओली, #मंसिर १५ गते
ताजा खबर
- १भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको विमानका सबै यात्रु सुरक्षित
- २प्रवक्ता महतलाई गगनले भने : बैठकमा चुप लागेर बस्ने, तल आएर धेरै बकबक नगर्नुस्
- ३गगन थापालाई मानबहादुर नेपालीको खुला–पत्र,नेतृत्व लिन हतार नगर्नुहोस्
- ४ढुक्क भए हुन्छ, पार्टी फुट्दैनः विश्वप्रकाश शर्मा
- ५समानुपातिक उम्मेद्वारको सूचीमा रहेकाले नाम फिर्ता लिए मात्रै थप्न पाइने



तपाईको कमेन्ट लेख्नुहोस्