पौनी १ बजेसम्म ३२ प्रतिशत मात्रै खस्यो मत
काठमाडौं । आइतबार दिउँसो १२ बजेर ४५ मिनेटसम्म ३२ प्रतिशत मत खसेको छ। निर्वाचन आयोगले आइतबार दिउँसो पत्रकार सम्मेलन गरेर सो जानकारी गराएको हो ।
आइतबार दिउँसो १२ बजेर ४५ मिनेट जाँदा ३२ प्रतिशत मतदान भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । प्रवक्ता पौडेलले छिटपुट घटनाबाहेक शान्तिपूर्ण र उत्साहजनक ढंगले मतदान भइरहेको समेत जनाएका छन् ।
यो पटकको निर्वाचनमा विहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको उनले बताए । ‘चिसोका कारणले पनि होला विहान कम मत खसेको छ, काठमाडौंमा विहानको समयमा लाइन देखिएको छैन, १०र११ बजेपछि मात्र भिड बढेको छ’ प्रवक्ता पौडेलले भने ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #३२ प्रतिशत मत
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्