मध्यरातमा नाइट क्लबमा ओली, सार्वजनिक गरियो ‘र्याप’ गीत
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार मध्यराति ठमेलस्थित एक ‘नाइट क्लब’ पुगेका छन् । अध्यक्ष ओली शुक्रबार मध्यरातमा ठमेलको लर्ड अफ ड्रिंक्स (एलओडी) क्लब गएका हुन्।
एलओडी पुगेर ओलीले आफ्नो बखानमा बनेको र्याप गीत ‘शहर शहरमा ओली’ सार्वजनिक गरेका थिए । यो र्याप गीत यूट्युबमा एक हप्ताअघि नै सार्वजनिक गरिएको थियो ।
शुक्रबार नै ‘केपी बा’ नामको अर्को र्याप गीत पनि सार्वजनिक भएको थियो। ओलीले ‘युवालाई मन पर्ने र्याप गीत सार्वजनिक गर्न’ आफू एलओडी पुगेको सामाजिक सञ्जालमा लेखेका छन्। पछिल्लो समय सामाजिक सञ्जालमा ओली निक्कै सक्रिय देखिएका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #केपी शर्मा ओली, #नाइट क्लब
ताजा खबर
- १रास्वपाको पहिलो केन्द्रिय समिति बैठकः अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश पौडेल मनोनित
- २प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग
- ३मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
- ४सबै उजुरीकर्तालाई संसदीय सुनुवाई समितिमा बोलाउन आवश्यक छैनः कविन्द्र बुर्लाकोटी
- ५संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छः वर्षमान पुन



तपाईको कमेन्ट लेख्नुहोस्