अफगानिस्तानमा भोकमरीको भयावह, दुई करोड २८ लाख मानिस समस्यामा
काठमाडौं । तालिबानले कब्जा लिएदेखि नै अफगानिस्तानमा ‘विश्वकै सबैभन्दा ठूलो र गम्भीर भोकमरीको संकट भएको छ । संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठन (एफएओ) को प्रतिवेदनमा अफगानिस्तानमा विश्वकै विकराल भोकमरीको समस्या रहेका उल्लेख गरिएको छ ।
एफएओले सन् २०२२ मा अफगानिस्तानमा थप खाद्य असुरक्षा बढेको जनाएको हो। खामा प्रेसका अनुसार लामो खडेरी, द्वन्द्व र राजनीतिक अस्थिरताका कारण भोकमरीको समस्याले दुई करोड २८ लाख मानिस प्रभावित भएका छन्। यो कुल जनसंख्याको आधाभन्दा बढी हो।
सन् २०२२ मा तीव्र खाद्य असुरक्षामा तीव्र वृद्धिका साथै एसिया र प्रशान्त क्षेत्रको आर्थिक, वातावरणीय र विकासका मुद्दालाई पनि प्रतिवेदनले उजागर गरेको छ। यसैबीच विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले पनि अफगानिस्तानको आर्थिक संटबारे चिन्ता व्यक्त गरेको जनाइएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #अफगानिस्तान
ताजा खबर
- १सरकारले नै विस्थापित सुकुम्वासीलाई आज र भोलि खानाको व्यवस्था गर्ने
- २हेडसरलाई थर्काएको रास्वपा सांसद विश्वराज पोखरेलको भिडियो भाइरल, चौतर्फी आलोचना
- ३चल्यो सुकुम्बासी बस्तीमा डोजर,सरकारलाई सघाउदै निस्किए सुकुम्बासी, ५ स्थानमा बासस्थान
- ४जानकी नवमीः मिथिलाको गौरव र माता जानकीको प्रादुर्भाव
- ५रविलाई हर्कले सोधे–सुकुमबासीलाई धनीपूर्जा दिने बाचा गरेर चुपचाप घण्टीमा छाप मागेको होइन ?



तपाईको कमेन्ट लेख्नुहोस्