एमाले अध्यक्ष ओलीमाथि फेरि खनिए हर्क साम्पाङ, भने गफाडी र गोज्याङ्ग्रा
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई स्वतन्त्र रूपमा धरानको प्रमुख पदमा विजयी बनेका हर्क साम्पाङले ‘हाउडी र गोज्याङ्ग्रा’को आरोप लगाएका छन् । ओलीले धरानमा शुक्रवार आयोजित चुनावी सभामा हर्क साम्पाङलाई धरानले जिताउने बेलामा आँखा नदेखेको भन्दै व्यंग्य गरेपछि उनी आक्रोशित भएका हुन ।
ओलीले ‘यहाँका मेयरलाई खानेपानी भनेर कतिवटा घैला बोकुन विचरा ? कसको घरमा खानेपानी पु¥याउने ?’ ओलीले सभामा भनेका थिए, ‘कोशीबाट पम्पिङ गरेर पानी ल्याएर एमालेले धरानवासीलाई खुवाउँछ, तपाईंहरू ढुक्क हुनुस् ।’ ओलीले नगरको बजेटले नपुग्ने भन्दै धरानको खानेपानीका लागि राष्ट्रिय बजेट चाहिने भन्दै साम्पाङप्रति कटाक्ष पनि गरेका थिए । ‘नगरको बजेटले त्यो आयोजना हुन्छ त ? हुँदैन । तर म केही भन्दिनँ, छान्ने बेला आँखा देख्नुभएन,’ ओलीले भने, ‘त्यत्रो कोसी त्यहाँबाट बग्छ धरान काकाकुल हुने कसरी मिल्छ ? ।’
ओलीलाई सामाजिक सञ्जाल फेसबुकमा जवाफ दिँदै धरान नगर प्रमुख साम्पाङले भने गफाडी, हाउडी र गोज्याङ्ग्रा भनेका हुन् ! ‘उभिएर भाषणसम्म गर्न नसक्नेले हर्क साम्पाङलाई चुनौती दिएर गएछ ? कठै बरा गफाडी । उसको घरको उसको व्यक्तिगत कमाइ जस्तो गर्दो रैछ राष्ट्र के हो भन्नेसम्म नबुझ्ने अनपढले राष्ट्रिय बजेटको कुरा गर्ने गोज्याङ्ग्रा,! साम्पाङले लेखेको स्टाटसमा उल्लेख छ ।
साम्पाङले केही समय अगाडि सामाजिक सञ्जालमा अर्को स्ट्याटस लेख्दै ओलीले घरघरमा ग्याँसको पाइप पुर्याएको पानी जहाजमा कुदाएको भन्दै व्यंग्य कसेका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #केपी शर्मा ओली, #हर्क साम्पाङ
ताजा खबर
- १भद्रपुर विमानस्थलमा रन–वेबाट चिप्लिएको विमानका सबै यात्रु सुरक्षित
- २प्रवक्ता महतलाई गगनले भने : बैठकमा चुप लागेर बस्ने, तल आएर धेरै बकबक नगर्नुस्
- ३गगन थापालाई मानबहादुर नेपालीको खुला–पत्र,नेतृत्व लिन हतार नगर्नुहोस्
- ४ढुक्क भए हुन्छ, पार्टी फुट्दैनः विश्वप्रकाश शर्मा
- ५समानुपातिक उम्मेद्वारको सूचीमा रहेकाले नाम फिर्ता लिए मात्रै थप्न पाइने



तपाईको कमेन्ट लेख्नुहोस्