आयोगले सच्यायो भनाई, सभ्य भाषामा नो नट अगेन भन्न पाइन्छ
काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सभ्य भाषामा नो नट अगेन भन्न पाइने बताएका छन् । सोमबार आयोगले कलाकारहरुसँग गरेको अन्तर्क्रिया कार्यक्रममा थपलियाले कसैलाई पनि लाञ्छना नलगाई नो नट अगेन भन्न पाइने बताएका हुन् ।
‘अहिले हामी निर्वाचनको अत्यन्त सुन्दर तलाउमा छौं । कुनामा बसेर वा टाढा बसेर यो सुन्दर तलाउमा दुष्प्रचारको ढुंगा नहानिदिनुस् भनेको मात्रै हो । यो सुन्दर सागरमा दुष्प्रचार, मिथ्या सूचना र चरित्र हत्या गर्ने किसिमका पहरे नबिसाइदिनुहोस् भनेको मात्रै हो’ प्रमुख आयुक्त थपलियाले भने, ‘‘यहाँहरुले मजाले नो नट अगेन भन्न पाउनुहुन्छ, नो नेभर अगेन भन्न पाउनुहुन्छ, इलेक्ट एण्ड अगेन, इलेक्ट अगेन एण्ड अगेन भन्न पनि पाउनुहुन्छ । तर, सभ्य भाषामा भन्नुपर्छ । मित्रवत भाषामा भन्नुपर्छ ।
समाजले पचाउने भाषामा भन्नुपर्छ ।’ यसअघि आयोगले फेसबुकमा सञ्चालित नो नट अगेन पेज र ग्रुप बन्द गर्न निर्देशन दिएपछि अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भन्दै सार्वजनिक रुपमा विरोध भएको थियो । उक्त विवादमा आइतबार सर्वोच्च अदालतले नो नट अभियानमाथि कारबाही नगर्न अन्तरिम आदेश पनि दिएको थियो ।
प्रमुख आयुक्त थपलियाले अभिव्यक्ति स्वतन्त्रतामा चरित्र हत्या र मिथ्या सूचना फैलाउने विषय नपर्ने पनि बताए । प्रमुख आयुक्त थपलियाले आयोगले सामाजिक सञ्जालको प्रयोग सकारात्मक कुरामा गर्नुपर्ने बताए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #दिनेशकुमार थपलिया, #प्रमुख निर्वाचन आयुक्त
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्