सन्दीप लामिछानेविरुद्ध आज अदालतमा मुद्दा दर्ता हुँदै
काठमाडौं । नाबालिगलाई बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले आज अदालतमा मुद्दा दर्ता गर्ने तयारी गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त गौशालाले उनीविरूद्ध अनुसन्धान सकेर कात्तिक ४ गते नै सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तिहारको बिदाका कारण उनको मुद्दा दर्ता हुन ढिलाई भएको हो ।
प्रहरीले सन्दीपविरूद्ध मुलुकी अपराध संहिताको परिच्छेद १८ को करणीसम्बन्धी कसूरको दफा २१९ मा अनुसन्धान गरेको थियो। त्यसको उपदफा ३ को (घ) अनुसार १२ वर्षसम्म कैद सजाय मागदाबी गरिएको छ। प्रहरीले पीडितलगायतको बयान, होटलका सीसीटीभी फुटेज, अस्पतालको रिपोर्ट लगायतलाई प्रमाणको रूपमा पेश गरेको छ।
सन्दीपले भने आरोपको खण्डन गर्दै आएका छन्। उनले नाबालिका भनिएकी केटी १९ बर्षकी भएको बताउदै आएका छन् । स्वदेश फर्किने क्रममा गत असोज २० गते उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नाबालिगलाई बलात्कार, #सन्दीप लामिछाने
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्