उम्मेदवारले कुन निर्वाचन क्षेत्रमा कति पैसा खर्च गर्न पाउँछन् ( यस्तो छ विवरण)
काठमाडौं । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवार तथा दलहरूले गर्ने खर्चको सीमा निर्धारण गरी सार्वजनिक गरेको छ ।
विभिन्न तीन पक्षलाई आधारलाई आधार मानेर निर्वाचन आयोगले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ फरक–फरक निर्वाचन क्षेत्रका लागि फरक–फरक खर्चको सीमा तोकेको हो ।
खर्चको सीमा निर्धारण गर्दा २०७९ साल भदौ ३१ गते प्रकाशित अन्तिम मतदाता नियमावलीमा सम्बन्धित निर्वाचन क्षेत्रमा कायम मतदाताको संख्यालाई साठी प्रतिशत भार, सम्बन्धित निर्वाचन क्षेत्रमा कायम भएको मतदान केन्द्रको संख्यालाई बीस प्रतिशत र सम्बन्धित निर्वाचन क्षेत्रले ओगटेको क्षेत्रफललाई बीस प्रतिशत भार मानिएको आयोगले जनाएको छ ।
काठमाडौंका १, ३,६,७,८ का उम्मेदवारले २५ लाख खर्च गर्न पाउने छन् भने ताप्लेजुङ १ पाँचथर १ लगायतका जिल्लाका उम्मेदवारले ३३ लाखसम्म खर्च गर्न पाउनेगरी खर्च निर्धारण गरिएको छ ।
यस्तो छ निर्वाचन क्षेत्रको खर्च विवरण

क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #खर्चको सीमा निर्धारण, #निर्वाचन आयोग, #प्रतिनिधि सभा
ताजा खबर
- १सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
- २पूर्णबहादुर खड्का निवास गोल्फुटारमा गगन थापा, कांग्रेसलाई एकताबद्ध बनाउने प्रयास
- ३रास्वपाको सचिवालय बैठकः वैशाख १५ देखि जिल्ला अधिवेशन शुरु हुने
- ४श्रम संस्कृति पार्टीबारे विज्ञहरुको टिप्पणीः शुरुवात राम्रो छ
- ५सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट, पुनरावलोकनमा जाने संकेत



तपाईको कमेन्ट लेख्नुहोस्