नेपाल मेडिकल काउन्सिलले गर्यो १७ चिकित्सकलाई कारबाही
काठमाडौं । नेपाल मेडिकल काउन्सिलले बिरामीको उपचारमा त्रुटि गरेको ठहर गर्दै पछिल्ला दुई वर्षमा १७ जना चिकित्सकलाई कारबाही गरेको छ । मेडिकल काउन्सिलमा पछिल्ला दुई वर्षमा ६६ जनाविरुद्ध उजुरी परेको थियो । अझै छानबिनमा क्रममा ४४ वटा उजुरीहरु रहेको काउसिन्लका रजिष्ट्रार डा. कृष्ण प्रसाद अधिकारीले जानकारी दिए ।
उजुरी परेका ५ केसहरु काउन्सिलले कारबाही गरिरहनु नपर्ने ठहर गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा काउन्सिलमा ४६ वटा उजुरी थियो । यस्तै, काउन्सिलमा चालु आर्थिक वर्ष अर्थात आव २०७९/0८० मा २० वटा उजुरी परेको थियो । कारबाही गरिएका चिकित्सकलाई उपचारमा भएको त्रुटिका आधारमा एक वर्षसम्म खास सेवा प्रदान गर्न रोकदेखि तीन महिनासम्म निलम्बन गरिएको छ । ‘काउन्सिलमा पर्ने उजुरी चिकित्सकको गम्भीर लापरवाही तथा बिरामीलाई राम्रोसँग नहेरिएको भन्ने लगायतका विषयवस्तु हुने गर्छन् ।
डाक्टरले जान्दाजान्दै आर्थिक प्रलोभन वा दबाबमा परेर आँखा नदेख्ने र खुट्टा सुकेका बिरामीलाई समेत निरोगिताको प्रमाणपत्र दिलाएको, नक्कली डाक्टर भएर काम गरेको, छोरा जन्माइदिने भन्दै बिरामीको भावनामा खेलबाड गर्दै अनावश्यक औषधि चलाएको जस्ता उजुरीहरु बढि पर्ने गरेको काउन्सिलले जनाएको छ । क्लिनिक देखि ठूला अस्पताल, सरकारी गैरसरकारी र निजी क्षेत्रका नयाँ देखि पुराना अस्पताल सबैमा कार्यरत चिकित्सकविरुद्ध उजुरी परेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, शिक्षा स्वास्थ्य, समाचार
ट्याग : #नेपाल मेडिकल काउन्सिल, #मेडिकल काउन्सिल
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्