गठबन्धनको चुनावी कमाण्डर बने रामचन्द्र पौडेल, सातै प्रदेशमा संयुक्त भेला

काठमाडौं । सत्ता गठबन्धनले संयुक्त रुपमा चुनावी अभियान सञ्चालन गर्ने जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा विहीवार बसेको गठबन्धनको बैठकले सात वटै प्रदेशमा गठबन्धन दलका संयुक्त कार्यकर्ता भेला आयोजना गर्ने निर्णय गरेको हो ।
गठबन्धन दलहरुको संयुक्त अपिल प्रकाशनका लागि चार सदस्यीय मस्यौदा समिति गठन समेत गर्ने निर्णय भएको छ । समितिमा कांग्रेसबाट प्रकाश शरण महत, माओवादी केन्द्रबाट हितमान शाक्य, नेकपा एसबाट प्रमेश हमाल र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरीलाई जिम्मा दिइएको छ ।
बैठकले केन्द्रीयस्तरबाट निर्वाचन परिचालन गर्न रामचन्द्र पौडेलको नेतृत्वमा समन्वय समिति गठन गर्ने र प्रदेश तथा जिल्लाहरुमा पनि गठबन्धन दलको समन्वय समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रदेशमा गठबन्धन, #रामचन्द्र पौडेल, #सत्ता गठबन्धन
ताजा खबर
- १अस्ट्रेलियाद्वारा प्यालेस्टिनी राज्यलाई मान्यता दिने योजना घोषणा
- २विपिन जोशीको अवस्था अझै अज्ञात, रिहाइको पहल गर्न आमा र बहिनी इजरायल प्रस्थान
- ३सुनसरीमा बस र विङ्गर ठोक्किँदा ३ को मृत्यु, १६ जना घाइते
- ४खडेरीको प्रभाव : मधेसमा ७७ प्रतिशत धान रोपाइँ, २७ प्रतिशतले उत्पादन घट्ने अनुमान
- ५दल स्वमूल्यांकन कार्यविधि कांग्रेस–एमालेकै चाहनामा ल्याउन लागिएको माओवादीसहितका दलहरुको निष्कर्ष
तपाईको कमेन्ट लेख्नुहोस्