कञ्चनपुरमा सहकारी बैंकले गर्यो अन्तरक्रिया, सहकारी क्षेत्रको सबलीकरणमा सबैको जोड

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशको पूर्वसामाजिक विकास मन्त्री लालबहादुर खड्काले सुदूरपश्चिम प्रदेशलाई समृद्ध बनाउनको लागि सहकारी क्षेत्रको सबलीकरण हुनुपर्ने बताएका छन । बिहीबार राष्ट्रिय सहकारी बैंक लिमिटेडको अन्तरक्रिया तथा छलफल कार्यक्रमको उद्घाटनमा पूर्वमन्त्री खड्काले यस्तो बताएका हुन् । सहकारी समाजको आर्थिक सामाजिक रूपान्तरणका लागि सहकारी नै उपयुक्त माध्यमका रूपमा रहेको उनको भनाइ छ ।
सुदूरपश्चिम प्रदेश महत्त्वपूर्ण स्रोत साधनले भरिपूर्ण प्रदेश हो, यहाँका स्रोतहरूको अधिकतम परिचालनका लागि सहकारी र सरकारबिच सहकार्य आवश्यक रहेको बताउनु हुँदै उनले सहकारीले पर्यटन, जलविद्युत, उद्योग तथा व्यवसाय र रोजगारी प्रवर्द्धनमा लगानी गर्नुपर्दछ’ पूर्व मन्त्री खड्काले भने सहकारीले सामाजिक उत्तरदायित्व अनुसार समेत काम गर्दै उत्पादनमुखी हुन जरुरी छ ।’
राष्ट्रिय सहकारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईले सहकारी क्षेत्रलाई वित्तीय रूपमा सबल, सक्षम, संस्थागत रूपमा सुशासनयुक्त र प्रविधिमैत्री बनाउनका लागि सहकारी बैङ्कसँगको सहकार्यका लागि सबै सहकारी संघ संस्थाहरुलाई आव्हान गरे । उनले सहकारी क्षेत्रलाई प्रविधिमैत्री बनाउनको लागि सहकारी बैंकले आफ्नै पहिचान सहितको “कोप कार्ड” (एटिएम) को सुरुवात गरेको जानकारी गराउदै यसले सहकारीहरूलाई विद्युतीय कारोबारका लागि थप सुविधा मिलेको र सहकारीको सेवालाई डिजिटल बनाउन सहयोग पुग्ने बताए ।
कार्यक्रममा जिल्ला बहुउद्देश्यीय सहकारी संघ कञ्चनपुरका अध्यक्ष प्रेम सिंह भाट, जिल्ला कृषि सहकारी सघका अध्यक्ष रामनाथ योगी, को–अपरेटिभ म्यानेजर्स क्लबका अध्यक्ष सुनिल कुमार सेटी, भिमनमदत्त नगरपालिकाको सहकारी शाखाका प्रमुख विमला भाट, भिमदत्त नगरपालिकाको सहकारी सञ्जालका सचिव मोहन बहादुर चन्द, शुक्लाफाँटा नगर सहकारी सञ्जालका अध्यक्ष मदन राज भट्ट लगायतको आतिथ्यता रहेको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार, सामाजिक सञ्जाल
ट्याग : #राष्ट्रिय सहकारी बैंक लिमिटेड, #सुदूरपश्चिम प्रदेश
ताजा खबर
- १रसुवा बाढीः प्रभावकारी उद्धारका लागि कांग्रेसले गरायो सरकारको ध्यानाकर्षण
- २रसुवामा बाढीः उद्धार र राहतमा सहभागी हुन नेता–कार्यकर्तालाई प्रचण्डको निर्देशन
- ३धादिङको त्रिशूली नदीमा २ जनाको शव भेटियो
- ४रसुवा बाढीमा ६ जना चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार
- ५स्पेनी लगानीकर्तासँग प्रधानमन्त्री ओलीले भने, नेपालमा लगानी गर्नुस्
तपाईको कमेन्ट लेख्नुहोस्