एमाले अध्यक्ष ओलीको प्रधानमन्त्री देउवामाथि गम्भिर आरोपः भारत गएर म्याउँम्याउँ गरे
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा गएका बेला राष्ट्रियताको सवाल उठाउन नसकेको आरोप लगाएका छन् ।
कञ्चनपुरको महेन्द्रनगरमा बुधबार आयोजना गरिएको सभामा अध्यक्ष ओलीले महाकालीमा एसएसबीले तुइन चुटाएर नेपालीको हत्या गर्दा पनि प्रधानमन्त्री देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुरा गर्न नसकेको आरोप लगाए ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जानुभयो । कसरी बोल्नभयो ? म्याउम्याउ म्याउ गर्नुभयो ओलीले गम्भिर आरोप लगाए ।लिम्पियाधुरा लिपुलेक र कालापानीको सवालमा पनि प्रधानमन्त्री देउवा बोल्नै नसकेको जिकिर गरे । ओलीले अगामी निर्वाचनमा १ सय ५० सिट जित्ने दाबी गरे ।
प्रत्यक्ष र समानुपातिकतर्फ गरेर एमालेले १ सय ५० सिट जित्ने दाबी गरेका ओलीले एमाले सत्ता बाहिर हुँदा समेत पार्टीमा प्रवेश गर्ने जनलहर बढेको उल्लेख गरे । सत्तारुढ गठबन्धनमा नेताहरु देखिए पनि जनता भने एमालेमै रहेको उनले जिकिर गरे ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली
ताजा खबर
- १रास्वपाको पहिलो केन्द्रिय समिति बैठकः अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश पौडेल मनोनित
- २प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग
- ३मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
- ४सबै उजुरीकर्तालाई संसदीय सुनुवाई समितिमा बोलाउन आवश्यक छैनः कविन्द्र बुर्लाकोटी
- ५संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छः वर्षमान पुन



तपाईको कमेन्ट लेख्नुहोस्