मेयर बालेनको प्रशंशा गर्दै रवि लामिछानेले भने पछाडि ‘बा’ भएकालाई ससम्मान विदाई गरौं
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले काठमाडौं महानगपालिका मेयर बालेन साहको प्रशंशा गरेका छन् । शनिबार काठमाडौंको खुल्ला मञ्चमा आयोजित सभामा अध्यक्ष लामिछानेले मेयर साहले अवैध संरचनामा डोजर चलाएको भन्दै प्रशंशा गरेका हुन । उनले साहको प्रशंशा गर्दै शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अब विदा गर्नुपर्ने बताए ।
उनले पछाडि ‘बा’ भएका तीन जनालाई ससम्मान विदा गर्नुपर्ने भन्दै उनीहरुको नाम लिएका थिए । उनले भने पछाडि ‘बा’ भएकाहरु केपी बा, देउवा र नानीका बा हरुलाई अब ससम्मान विदा गर्नुपर्छ किनकी अगाडि ‘बा’ भएकाहरु (बालेन) डोजर लिएर निस्किसके ।’
राजनीतिक दलका शीर्ष नेताहरुले विगतमा गरेका योगदानप्रति सम्मान रहेको भन्दै लामिछानेले अहिले भने उनीहरुको काम घिनलाग्दो भएको बताए । उनले अहिलेको जस्तो घिनलाग्दो राजनीति जान्न र सिक्न आवश्यक नभएको जिकिर गरे । लामिछानेले प्रतिनिधि सभामा उमेद्वार दिने भन्दै प्रचार–प्रसारमा जुटेपनि निर्वाचन क्षेत्र भने घोषणा गरेका छैनन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #बालेन साह, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्