मेयर बालेनको प्रशंशा गर्दै रवि लामिछानेले भने पछाडि ‘बा’ भएकालाई ससम्मान विदाई गरौं
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले काठमाडौं महानगपालिका मेयर बालेन साहको प्रशंशा गरेका छन् । शनिबार काठमाडौंको खुल्ला मञ्चमा आयोजित सभामा अध्यक्ष लामिछानेले मेयर साहले अवैध संरचनामा डोजर चलाएको भन्दै प्रशंशा गरेका हुन । उनले साहको प्रशंशा गर्दै शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अब विदा गर्नुपर्ने बताए ।
उनले पछाडि ‘बा’ भएका तीन जनालाई ससम्मान विदा गर्नुपर्ने भन्दै उनीहरुको नाम लिएका थिए । उनले भने पछाडि ‘बा’ भएकाहरु केपी बा, देउवा र नानीका बा हरुलाई अब ससम्मान विदा गर्नुपर्छ किनकी अगाडि ‘बा’ भएकाहरु (बालेन) डोजर लिएर निस्किसके ।’
राजनीतिक दलका शीर्ष नेताहरुले विगतमा गरेका योगदानप्रति सम्मान रहेको भन्दै लामिछानेले अहिले भने उनीहरुको काम घिनलाग्दो भएको बताए । उनले अहिलेको जस्तो घिनलाग्दो राजनीति जान्न र सिक्न आवश्यक नभएको जिकिर गरे । लामिछानेले प्रतिनिधि सभामा उमेद्वार दिने भन्दै प्रचार–प्रसारमा जुटेपनि निर्वाचन क्षेत्र भने घोषणा गरेका छैनन् ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #बालेन साह, #राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा
ताजा खबर
- १विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णयले पार्टीलाई फुटबाट बचाउँछ : कोइराला
- २दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा व्यवस्था कडा
- ३मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन
- ४संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- ५५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन



तपाईको कमेन्ट लेख्नुहोस्