प्रचण्डको छहारीमा बाबुराम, नारायणकाजी र महेन्द्ररायसँगै खुशीको त्यो हाँसो
काठमाडौं । नेकपा माओवादी केन्द्रको छहारीमा डाक्टर बाबुराम भट्टराई ७ बर्षपछि फर्किएका छन् । नयाँ राजनीतिक शक्ति केन्द्र बनाउने भन्दै नयाँ शक्ति नामक पार्टी गठन गरेर माओवादीबाट बाहिरिएका भट्टराई गठबन्धनको साहरामा चुनाव जित्ने योजनामा छन् । नयाँ शक्तिमा रहँदा आफ्नै सारथीहरुले छाड्दै गएपछि अन्तत् उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीसँग एकीकरण गरेका थिए । तर, त्यो एकीकरण पनि लामो समय टिक्न सकेन ।
जसपा फुट्यो उपेन्द्र र बाबुराम एक ठाउँमा रहदा महन्थ ठाकुर अर्को पार्टीमा गए । त्यसपछि सुरु भयो उपेन्द्र बाबुरामको खटपट । जसपामा मिल्न नसकेपछि फेरि बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी गठन गरे । सत्ता गठबन्धनबाट बाहिर बस्नुपर्दा छटपटाएका भट्टराई आगामी चुनावमा कमजोर हुने आकलन गरेपछि माओवादीसँग मिल्न पुगेका छन् । माओवादीको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हतौडा चुनाव चिन्ह लिएर चुनाव लड्न सहज देखिएपछि बाबुरामको रोजाई परेको हो ।
मंगलबार निर्वाचन आयोगमा एउटै चुनाव चिन्हबाट निर्वाचनमा जाने निवेदन दिनुअघि एउटा फोटो बाहिरियो । जहाँ पुष्पकमल दाहाल प्रचण्ड,भट्टराई,नारायणकाजी श्रेष्ठ र महेन्द्रराय यादव हाँसेर खुशी साटेको देखिन्छ । त्यहि फोटोलाई भट्टराईले सामाजिक सञ्जालमा पोष्ट गर्दै भनेका छन् नयाँ यात्राको सुरुवात ।

नयॉ यात्राको शुरूवातमा गम्भीरता र खुशी !
नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी वीच आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एउटै चुनावचिन्ह (गोलाकारभित्रको हॅसिया–हतौडा) लिएर लड्ने सहमति !
उनको यो स्टाटसले पनि चुनावी माहोल र गठबन्धनको निरन्तरताले चुनाव जित्न सहज हुने देखिएको छ । ७ बर्षअघि प्रचण्डले एक्लौटी रुपमा पार्टी चलाएको भन्दै विद्रोह गरेर बाहिरिएका भट्टराई एकाएक माओवादीको चुनाव चिन्ह लिने निर्णयले आश्चार्य बनाएको छ ।
हुनत् प्रचण्डले चुनावपछि एउटै पार्टी हुन सक्ने संकेत गरेका छन् । उनीसँगै बाहिरिएका नेताहरु अहिले माओवादीमै र्फिकएर मन्त्री समेत पाएका छन । जसका कारण पनि एक्लिदै गएका भट्टराई राजनीतिमा सिट सुरक्षित गर्न माओवादीको साथ लिएको टिप्पणी सुरु भएको छ ।
भट्टराईलाई चुनाव चिन्ह दिने निर्णय माओवादीको बैठकले नै गरेको छ भने नेता कार्यकर्ताले पनि खुसी मनाएका छन् । उनीहरुले आफनै घरमा फर्किएको भन्दै पार्टी एकता नै गर्नुपर्ने सम्मको भनाई राख्न थालेका छन् । चिन्ह पाउदा साटिएको खुशी र हाँसोको अर्थ भविष्यमा प्रचण्ड र बाबुरामको सहकार्यले नै बताउनेछ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सम्पादकीय
ट्याग : #जसपा फुट्यो उपेन्द्र र बाबुराम, #नयाँ राजनीतिक शक्ति, #नेकपा माओवादी केन्द्र, #बाबुराम भट्टराई
ताजा खबर
- १एमाले ११ औं महाधिवेशन बन्दसत्र (तस्बिरहरु)
- २मन्त्रालयमै जेन–जी कक्ष राखेर युवालाई रोजगारीको व्यवस्थापन गर्छौंः श्रममन्त्री भण्डारी
- ३मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की
- ४सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे
- ५प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको गुनासोः ‘प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ’



तपाईको कमेन्ट लेख्नुहोस्