प्रचण्डमाथि मेयर बालेनले उठाए नैतिकताको प्रश्नः काम नगर्ने ठेकेदारको घरमा किन बसेको ?
काठमाडौं । सिसडोल बञ्चरेडाडा जाने सडक खण्डको ठेक्का पाएका छन् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीले ।
बर्षौदेखि अलपत्र पारेको सडकखण्डकै कारण बारम्बार आन्दोलन भइरहेको छ । पटक–पटक सडक बनाउन ताकेता गरेपनि ठेकेदार अधिकारीले चासो दिएका छैनन् ।
त्यसैले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि कडा टिप्पणी गरेका छन् । ककनीको बाटो बिजोक बनाउने ठेकेदारको घरमा प्रचण्ड अंगरक्षक जसरी बसिरहेको उनको आरोप छ ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै साहले यस्तो आरोप लगाएका हुन् । उनले लेखेका छन्, ‘श्रीमान् प्रचण्डज्य १ उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अङ्गरक्षक जस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।’
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #पुष्पकमल दाहाल प्रचण्ड, #बर्षौदेखि अलपत्र पारेको सडक, #सिसडोल बञ्चरेडाडा
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्