प्रधानमन्त्री देउवालाई बाबुराम भट्टराईले भने हामी पनि गठबन्धनमै रहन्छौं
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टाराईबीच गठबन्धनमा सामेल हुनेबारे छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा भट्टराईको नयाँ पार्टीलाई गठबन्धनमा सहभागी गराउन आफू पनि सकारात्मक भएको देउवाले बताएका छन् । आफैंले बनाएको गठबन्धन छाड्ने चाहना नभएको भन्दै भट्टराईले गठबन्धनमा सामेल गराउन आग्रह गरेका थिए ।
अर्का अध्यक्ष महेन्द्रराय यादवलाई साथमा लिएर देउवा भेट्न बालुवाटार गएका अध्यक्ष बाबुराम भट्टराईले आफूहरु पनि यही गठबन्धनमा रहने वातावरण बनाउन आग्रह गरेका थिए । उनीहरुबीचको कुराकानी सकारात्मक भएको र केही दिनपछि फेरि छलफल गरेर निष्कर्षमा पुग्ने बताइएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री शेरबहादुर देउवा, #बाबुराम भट्टाराई
ताजा खबर
- १मधेशका चार जिल्लामा आज पनि कर्फ्यु कायमै
- २धार्मिक सद्भाव कायम राख्न नेपाल प्रहरीको अपिल
- ३तराईका जिल्ला विषम परिस्थितिप्रति एनआरएनएद्वारा चिन्ता व्यक्त, शान्तिपूर्ण समाधान खोज्न आग्रह
- ४राहदानी विभागले बिहानदेखि रातिसम्म सेवाग्राहीलाई सेवा दिँदै
- ५रास्ट्रपति र प्रधानमन्त्रीबिच भेटवार्ता, पछिल्लो परिस्थितिबारे छ्लफल



तपाईको कमेन्ट लेख्नुहोस्