अपमानजनक नाम र थर राखेर जारी भएका नागरिकता सच्याउन गृहमन्त्रालयको निर्देशन
काठमाडौं । नागरिकता जारी गर्दा अपमानजनक नाम र थर प्रयोग भएका नागरिकताका प्रतिलिपि बाहिरिएपछि सरकारको ध्यानाकर्षण भएको छ ।
सर्वत्र आलोचना र विरोध भएपछि गृह मन्त्रालयले नागरिकताको नाममा प्रयोग भएका अपमानजनक शब्द (नाम र थर) भएका नागरिकता प्रमाणपत्र सच्याउन निर्देशन दिएको हो ।
सोमबार गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले विज्ञप्ति मार्फत अपमानजनक शब्द प्रयोग गरी नागरिकतामा व्यक्तिको नाम र थर जनिने गरी नागरिकता प्रमाणपत्र जारी नगर्न र गरिएका भए सच्याउन चाहनेलाई सच्याउन निर्देशन दिएका हुन् ।
नागरिकतामा फ्याउरे, कुकुर र कुकुर्नीजस्ता शब्द राखेर नागरिकता जारी भएको भन्दै सरोकारवालाहरूले आपत्ति जनाएका थिए ।
सोमबारको राष्ट्रियसभा बैठकमा सदस्य भुवनबहादुर सुनारले त्यसरी अपमानजनक ढंगले जारी गरिएका नागरिकता सच्याउनुपर्ने र त्यसरी हस्ताक्षर गर्ने अधिकारीको हात किन नकाट्ने भन्दै प्रश्न गरेका थिए ।

क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अपमानजनक नाम र थर, #नागरिकताका प्रतिलिपि, #फणिन्द्रमणि पोखरेल
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्