किरण चेमजोङले खेल मैदानमै गरे प्रेमिकासँग ‘ईंगेजमेन्ट
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले खेल मैदानमै प्रेमिकासँग ईंगेजमेन्ट गरेका छन् । सोमबार माल्दिभ्सको फुटबल मैदानमै उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर ईंगेजमेन्ट गरेका हुन ।
किरणले मैदानमै औठी लगाएको भिडियो फेसबुकमार्फत सार्वजनिक गरेका छन् । सोमबार माल्दिभ्सको धिवेही प्रिमियर लिगको फाइनल थियो । लिगको उपाधि किरण आवद्ध क्लब माजिया स्पोर्ट एण्ड रिक्रएसनले जित्यो । किरण प्रतियोगिताकै उत्कृष्ट गोलकिपर बने ।
त्यही खुसीयालीसँगै उनले आफ्नो टिमको साथमा प्रेमिकालाई विवाह प्रस्ताव गरेका थिए । चेमजोङ कञ्चनसँग लामो समयदेखि प्रेममा थिए । टिमको अगाडि नै किरणले यसरी प्रेम दर्शाउँदा कञ्चन निकै लजाएकी थिइन् । सोमबारको प्रस्तावले उनको प्रेमले औपचारिकता पाएको छ ।
क्याटेगोरी : खेलकुद, जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #किरण चेमजोङ, #प्रेमिकासँग ईंगेजमेन्ट, #फेसबुकमार्फत सार्वजनिक
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्