Techie IT
  • ४ असार २०८२, बुधबार
KhojPatrika

मेयर बालेनले गरे नयाँ बानेश्वरमा अवलोकन, अन्डरग्राउण्ड पार्किङका सटर हटाउन निर्देशन


काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले नयाँबानेश्वर क्षेत्रको फुटपाथ अवलोकन गरेका छन् । स्थानीय घर धनी र व्यापारीहरुको सहयोग लिएर मेयर साहले फुटपाथको अवस्थाबारे अवलोकन गरेका हुन ।

मेयर शाहले अन्डरग्राउण्ड पार्किङमा पनि सटर राखेर गरिएका व्यापार समेत हटाउन निर्देशन दिए । बानेश्वर क्षेत्रमा करिब २२ वटा भवनमा अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर संरचना बनाइएका छन । यसअघि काठमाडौं महानगरपालिकाले सूचना नै निकालेर अन्डरग्राउण्ड पार्किङलाई अन्य प्रयोजनका लागि प्रयोग नगर्न आग्रह गरेको थियो ।

केही दिनअघि साहले फुटपाथमा गरिएका व्यापार हटाउन लगाएका थिए । आज त्यसको प्रगतिबारे जानकारी लिएका हुन् । अन्डरग्राउण्ड पार्किङको नक्सा पास गरेर व्यापारिक प्रयोजनका लागि प्रयोग गरेको पाइएको भन्दै महानगरले सूचनामार्फत हटाउन यसअघि नै जानकारी गराएको थियो ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #मेयर बालेन साह

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं