स्वरुपराज आचार्यको आवाजमा सागर उदासले ल्याए नयाँ गीत “गयौ तिमी” (भिडियोसहित)
काठमाडौं । गीतकार सागर उदासले “गयौ तिमी” बोलको नयाँ आधुनिक गीत बजारमा ल्याएका छन् । सागर उदासको शब्द रहेको गीतमा स्वरुपराज आचार्यको स्वर रहेको छ भने संगीत हरी लम्सालको रहेको छ ।
म्युजिक भिडियोसमेत तयार पारेर सार्वजनिक गीतमा अनिल अधिकारी, पूजा केसी र सुदिप पौडेलले अभिनय गरेका छन् । गीतका निर्माता सुशासन अधिकारी हुन् । गीतलाई Sagar Udas Official युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
तनहुँका गीतकार सागर उदासले यसअघि पनि थुप्रै सफल आधुनिक गीत लेखिसकेका छन् । कवी तथा गजलमा समेत कलम चलाउने सागर उदासले यसअघि एक रचनामा रहेका आभार र रवि गिती एल्बम ल्याइसकेका छन् ।
साहित्यका अलावा तनहुँ जिल्लाको पर्यटन प्रवद्र्वनमा पनि सक्रिय सागर उदास गण्डकी वाङ्मय प्रतिष्ठानका अध्यक्ष समेत रहेका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, भिडियो, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्