देउवा प्रधानमन्त्री बनेको एक बर्ष,पाटीभित्रै चर्को आलोचना
काठमाडौं । शेरबहादुर देउवा प्रधानमन्त्री बनेको एक बर्ष पूरा भएको छ । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई पद मुक्त गरि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सर्वोच्चले परमादेश जारी गरेपछि देउवा प्रधानमन्त्री बनेका थिए । २०७८ वैशाख २७ गते संसदबाट विश्वासको मत गुमाएका ओलीले जेठ ८ गते पुनः संसद विघटन गरेका थिए।
त्यसपछि जेठ १० एमालेकै माधवकुमार नेपाल पक्षीय सांसद्हरूसहित शेरबहादुर देउवालाई समर्थन गर्नेमध्ये १ सय ४६ सांसद सर्वोच्चमा भौतिक रूपमा उपस्थित भएर ओलीलाई पुनः प्रधानमन्त्री नियुक्त गर्ने र प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपतिको निर्णयविरूद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको थियो ।
उनीहरुले प्रतिनिधि सभा विघटन गर्ने निर्णय खारेज गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गरेका थिए। त्यसको झण्डै डेढ महिनापछि उनीहरुको माग बमोजिम समय नै तोकेर सर्वोच्चले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु भनि परामादेश जारी गरेको थियो।
सर्वोच्चले ओलीले विघटन गरेको प्रतिनिधि सभा पुनःस्थापना गरिदिएको थियो। इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई थिए। त्यसपछि चार सदस्यीय मन्त्रिमण्डल सहित शेरबहादुर देउवाले असार २९ गते राष्ट्रपति भण्डारीबाट शपथ लिएका थिए।
देउवा प्रधानमन्त्री बनेको एक बर्ष पुग्दा पाटीभित्रै चर्को आलोचना भएको छ । सरकार र पाटी सञ्चालनमा एक्लौटी गरेको र प्रभावकारी काम नगरेको भन्दै शेखर कोइराला समूहले आलोचना गरिरहेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #एक बर्ष पूरा, #केपी शर्मा ओली, #शेरबहादुर देउवा
ताजा खबर
- १‘लुटतन्त्र‘ सच्याउने मोडमा छौँ, इमान्दार व्यवसायी डराउनु पर्दैनः अर्थमन्त्री स्वर्णिम वाग्ले
- २सरकारको कार्यशैलीप्रति गगन थापाको प्रश्नः ‘हाम्रो नम्रतालाई कमजोरी नठानियोस्’
- ३सरकारले एकपछि अर्को जनविरोधी काम गरिरहेको छः माधवकुमार नेपाल
- ४बल्खुका सुकुम्बासीको आक्रोशः विकल्प र पूर्वजानकारी बिना नै बस्ती हटाइएको गुनासो
- ५सुकुम्बासीको ‘स्क्रिनिङ’: १ सय ६४ जनाले बुझाए विवरण



तपाईको कमेन्ट लेख्नुहोस्