आफूलाई किनेको गाडी बेच्ने तयारीमा हर्क साम्पाङ,खाल्डा टाल्न रोलर मेसिन किन्ने
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो लागि किनिएको गाडी बेच्ने तयारी गरेका छन् । मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयरलाई चढ्न भनि किनिएको स्कर्पियो गाडी बेच्न लागेको उल्लेख गरेका छन्।
आफ्नो यो प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका बैठकले ताली बजाएर अनुमोदन गरेको पनि साम्पाङ सामाजिक सञ्जालमा लेखेका छन्। ‘मेयरलाई भनेर किनिएको स्कर्पियो गाडी बेचेर धरानको बाटोभरिका खाल्डा टाल्न यो रोलर मेसिन किन्ने विचार छ मेरो’, रोलरको तस्वीरसहित राखेर मेयर साम्पाङले लेखका छन्, ।
बिहिबार कार्यपालिकाले ताली बजार अनुमोदनसमेत गरिदिएको छ, जय धरान।’ स्वतन्त्र रुपमा मेयरमा निर्वाचित साम्पाङले नगपालिकाको गाडी प्रयोग गरेका छैनन्। अहिले उनी आफ्नै मोटरसाइकल चढिरहेका छन्।
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #कार्यपालिका बैठक, #धरान उपमहानगरपालिका, #हर्क साम्पाङ
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्