अझै भएन माओवादी केन्द्रको पदाधिकारी चयन, प्रचण्डले मागे दुई दिनको समय
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहिबार पनि पदाधिकारी चयन गर्न सकेनन् । उनले पोलिटब्यूरो, स्थायी समिति र पदाधिकारीको नाम सार्वजनिक गर्ने बताइएको थियो । तर, प्रचण्डले पोलिटब्यूरोमा रहेका नेताहरुको नाम सार्वजनिक गरेपनि अझै स्पष्ट हुन सकेको छैन ।
केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले छिट्टै पदाधिकारी पनि टुंग्याउने जानकारी दिए । प्रचण्डले दुई चार दिनभित्रै आवश्यक होमवर्क गरेर पदाधिकारीमा रहनेको नाम टुंगो लगाउने जानकारी गराएका थिए । स्थायी समितिले पनि टुंगो पाउन सकेको छैन ।
माओवादीको केन्द्रीय समिति बैठकमा छिट्टै पदाधिकारी टुंगो लगाउन नेताहरुले नेतृत्वलाई दवाव दिएका थिए । सोही अनुसार प्रचण्डले दुई दिनसम्म नेताहरुसँग आन्तरिक छलफल पनि गरेका थिए । तर, अझै सहमति नजुटिसकेकाले यही केन्द्रीय समिति बैठकबाट पदाधिकारी टुंगो लाग्न नसकेको बताइएको छ ।
माओवादीको स्थायी कमिटी ४१ र पोलिटब्युरो १ सय ५६ सदस्यीय बनेको छ। माओवादीको केन्द्रीय समिति बैठक आइतबारदेखि सुरु भएको थियो ।
क्याटेगोरी : जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेकपा माओवादी केन्द्र, #पदाधिकारी चयन, #पुष्पकमल दाहाल प्रचण्ड
ताजा खबर
- १बजारमा बेथिति मौलाएको बेला उद्योग मन्त्रीमा दीपक साह, सक्लान् त ग्यास दिन ?
- २कांग्रेस सभापति दश बर्ष, ५ पटक प्रधानमन्त्री बनेका देउवा, अझै सक्रिय बन्न किन खोज्दैछन् ?
- ३प्रधानमन्त्री बालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत
- ४शहीद गंगालाल हृदय केन्द्रमा सिटी स्क्यान सेवा ठप्प, मुटुका बिरामी मारमा
- ५मोरङ कारागारमा प्रहरीको छापा, १० लाख नगद र फलामे रड बरामद



तपाईको कमेन्ट लेख्नुहोस्