Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

कलाकार बेनिषा बालापनको यादमा (भिडियोसहित)


काठमाडौं । कीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीतमा रहेको गीत ‘जीवनको पाना’ बजारमा आएको छ । सङ्गीतकार श्रेष्ठले आफ्नै अफिसियल युट्युब च्यानल Golden Creation बाट यो म्युजिक भिडिओ सार्वजनिक गरेका हुन् ।

बमकुमार श्रेष्ठको शब्द रचनामा रहेको यो गीतमा बेनिषा पौडेलले स्वर दिएकी छन भने देवेन्द्र नेवाको सङ्गीत संयोजन र प्रकाश मिश्रको मिक्सिङ माष्टरिङ रहेको छ ।

लामो समयपछि शहरबाट गाउँ फर्किएकी एक युवतीले आफ्ना स्वर्गीय बुबा र बालापनका घटनाहरु सम्झिएर कल्पिएको कुरा मार्मिक ढङ्गमा भिडिओमा प्रस्तुत गरिएको छ ।

देवेन्द्र पाण्डेको निर्देशनमा निर्मित यस म्युजिक भिडिओमा बेनिषा पौडेल, राजेन्द्र वाग्ले बाल कलाकार विभूति श्रेष्ठले अभिनय गरेका छन् भने भिडिओमा उत्सव दाहालको सिनेम्याटोग्राफी र विकाश दाहालको सम्पादन रहेको छ । भिडिओ गोल्डेन क्रिएशनको प्रस्तुतिमा बजारमा आएको हो ।

भिडियो




क्याटेगोरी : कला र मनोरञ्जन, जीवनशैली, देश/दुनियाँ, भिडियो, समाचार
ट्याग : #जीवनको पाना’, #सङ्गीतकार सन्तोष श्रेष्ठ

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं