टेवा बहुउद्देश्यीय सहकारीले गर्यो ज्येष्ठ शेयर सदस्यहरुलाई सम्मान
ललितपुर । जिल्लाको हातिवनस्थित टेवाचोकमा रहेको टेवा बहुउद्देश्यीय सहकारी संस्थाले शनीवार जेष्ठ नागरिक शेयर सदस्यहरुलाई सम्मान गरेको छ । सहकारीले विशेष कार्यक्रमको आयोजना गरी २९ जना जेष्ठ शेयर सदस्यहरुलाई नगद १० हजार सहित दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेको हो ।
६९ वर्ष पुरा भएका र सहकारीको शेयर सदस्य बनेको पाँच वर्ष पुरा भएकाहरुलाई सम्मान गरिएको सहकारीका अध्यक्ष लवकुमार खड्काले जानकारी दिए ।
जेष्ठ नागरिकको समस्याप्रति कुनै चासो नै नलिने र उनीहरूलाई बेवास्ता गर्ने प्रवृति अझै समाजमा रहेको र त्यसलाई अन्त्य गर्नुपर्ने सन्देशको सुरुवात टेवा बहुउद्देश्यीय सहकारीले प्रारम्भ गरेको र यसलाई निरन्तर अघि बढाई आगामी दिनमा पनि सम्मान गर्ने उनले बताए ।
यस्तै सहकारीका जेष्ठ नागरिक उपसमितिका संयोजक रामशरण दुलालले प्रत्येक वर्ष ६९/७० वर्ष पुरा भएका र पाँच वर्ष सम्म बढी सक्रिय कारोवार गरेका जेष्ठ नागरिकहरुलाई प्रत्येक वर्ष दश हजार प्रदान गरिने जानकारी दिए ।
कार्यक्रमको उद्घाटन जेष्ठ शेयर सदस्य सिहंबहादुर महतले गरेका थिए । यस्तै सहकारीले रक्तदान तथा निशुल्क आँखा परिक्षणको कार्यक्रम समेत गरेको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #जेष्ठ नागरिक शेयर, #टेवा बहुउद्देश्यीय सहकारी, #टेवाचोक, #सदस्यहरुलाई सम्मान
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्