करिव १८ करोड ठग्ने सहकारी संचालक सिआइबीको फन्दामा

काठमाडौं । चन्द्रागिरी नगरपालिका १७ बलम्बुस्थित प्रज्ञान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीकृष्ण महर्जनसहित आठ जना पक्राउ परेका छन् । संस्थाका सञ्चालकले रकम हिनामिना गरेको उजुरी परेपछि सिआइबीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले १७ करोड ९४ लाख ७६ हजार ५ सय १८ रुपैयाँ बचत रकम हिनामिना गरेको खुलेको छ । उनीहरू विरुद्ध प्रहरीले अदालतबाट ठगी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।
सदस्यबाट उठाएको बचत संस्थाका अध्यक्ष श्रीकृष्ण महर्जन लगायतले धितो जमानी नराखी, नक्कली मुद्दती बचत प्रमाण दिने, नक्कली कर्जा लगानी गर्ने र शेयर अपचलन गर्ने गरेको देखिएको प्रहरीले बताएको छ ।
प्रहरीले संस्थाका उपाध्यक्ष विरकृष्ण महर्जन, कोषाध्यक्ष धनकृष्ण महर्जन, सचिव धर्मरत्न महर्जन, तत्कालीन सचिव सुरज महर्जन, ऋण उपसमिति सदस्य अष्टकुमार महर्जन, लेखा परीक्षक हिमालयराज जोशी र दिपक राना मगरलाई नियन्त्रणमा लिएको छ ।
चन्द्रागिरि नगरपालिकाले प्रहरीलाई अनुसन्धान गर्न पत्राचार गरेको थियो । सोही पत्रको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रज्ञान बचत तथा ऋण सहकारी, #श्रीकृष्ण महर्ज, #संस्थाका सञ्चालक
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्