कांग्रेसमा शेखर कोइरालाको छुट्टै भेला,देउवा एक्लौटी अघि बढेको आरोप
काठमाडौं । नेपाली कांग्रेसभित्र सभापति शेरवहादुर देउवा एकलौटी ढंगले अघि बढेको भन्दै डाक्टर शेखर कोइराला समूहले विद्रोहको चेतावनी दिएको छ । विहीवार बत्तिसपुतलीको अनुपम फुडल्याण्डमा भएको भेलामा रचनात्मक बिद्रोह (कन्स्ट्रक्टिभ रिभोल्ट) गर्नुपर्ने कुरा समेत उठेको बताइएको छ ।
कस्तो खालको विद्रोहको घोषणा गर्ने र अबको कदम के हुने भन्ने बारेमा शुक्रवारको बैठकले टुंगो लगाउँने बताइएको छ । शेखर पक्षको बैठक शुक्रवार अपरान्ह पुनः बस्ने भएको छ । देउवा कांग्रेसको सभापतिभन्दा पनि गठबन्धनको सभापतिको भूमिकामा देखिएको विषयमा शेखर समूहमा छलफल भएको थियो ।
आगामी चुनावको तयारी, भ्रातृ संस्था गठन तथा विस्तार, विधान कार्यान्वयन गराउन संस्थापन पक्षलाई दबाब दिन छलफलका लागि भेला बोलाइएको बताइएपनि देउवाको आलोचना गरिएको थियो । आगामी चुनावमा गठबन्धनको भागबण्डा कसरी गर्ने भन्नेबारेमा समेत पार्टीमा छलफल हुनुपर्ने शेखर समूहको माग छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ट्याग : #कोइरालाको छुट्टै भेला, #डाक्टर शेखर कोइराला
ताजा खबर
- १प्रचण्डलाई विप्लवको जवाफ– विचलनकारीले एकताको अपिल गरेको सुहाउँदैन
- २धनुषा पुगेर गगनले भने– कांग्रेसमा अब गुट छैन, ध्वंस गर्ने पार्टी पनि होइन
- ३काठमाडौं-४ मा एमालेको उम्मेदवार थिएन, रास्वपाले बाहिरको मान्छे ल्याउन पर्यो : गगन थापा
- ४करिब २० हजारले घट्यो सुनको मूल्य
- ५इयूले इरानी ‘रिभोलुसनरी गाड्र्स’लाई आतङ्कवादीको सूची’मा राख्ने



तपाईको कमेन्ट लेख्नुहोस्