Techie IT
  • २३ वैशाख २०८२, मंगलबार
KhojPatrika

राजीनामा दिने दुई मन्त्रीः प्रेम आले चर्किने,रामकुमारी झाँक्री रुने


काठमाडौं । नेकपा एकिकृत समाजवादीका दुई मन्त्रीले पत्रकार सम्मेलन नै गरी राजीनामा दिए । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र शहरी विकासमन्त्री रामकुमारी झाक्री आफनो मन्त्रालयमा लगभग एकै समयमा पत्रकार सम्मेलन गरी मन्त्रालयबाट बाहिरिए । मन्त्रालयमा आफूले गरेका झण्डै नौ महिनाको कार्यकालको समिक्षा दुबैले गर्दै थिए । तर, विदाई हुने मन्त्रीले भने अनौठो गतिविधि देखाए ।

प्रेम आलेले एसी किन नचलाएको गर्मी भयो भन्दै कर्मचारीलाई थर्काइरहेका थिए । कार्यक्रम सुरु भएपनि उनी भने कुर्सी तान्दै यता बसौं र उता बसौं भन्दै थिए । सचिवले मन्त्रीको विदाईमा बोलिरहदा आलेको ध्यान भने अन्तै थियो । उनीले अन्य कुरामा बढी जोडबल गरिरहेका थिए ।

उता शहरी विकास मन्त्रालयमा भएको फेरि भेटौला भन्ने कार्यक्रममा रामकुमारी झाक्री आँखाभरी आसु ल्याएर रुइरहेकी थिइन । साहेद उनलाई मन्त्री पद त्यहि धेरै प्यारो भइरहेको थियो भन्ने प्रष्ट देखिन्थ्यो । बोल्नै नसकि उनी पटक–पटक रोइरहेकी थिइन । झाँक्री पूरै भावुक हुँदा आलेमा हतास र हड्बडाहटपनले सबैलाई आश्चार्य पारेको थियो । पत्रकार सम्मेलनमा सुँक्कसुँक्क गर्दै थिइन्।

टिस्यु पेपरले आँखा र नाक पुछिरहिन्। उनले आफू बोल्न सक्ने अवस्थामा नरहेको बताइन् र अनौपचारिक कुराकानी गर्न थालिन्। त्यसक्रममा उनले केही समयअघि सामाजिक सञ्जालमा भाइरल भएको एउटा घरको तस्बिरको चर्चा पनि गरिन्। अब सो घर फिनिसिङ गर्ने भन्दै उनले ठट्टा पनि गरेकी थिइन । बिदाइ कार्यक्रम अनौपचारिक बनिदियो। अझ उनीले त आफूलाई रिस उठ्ने प्रश्न सोध्न पत्रकारहरुलाई आग्रह गरिन्।

भावुक नभई उत्तर दिन पत्रकारले आग्रह गरेपछि उनले अलि सहज भएर बोल्ने प्रयास गरेकी थिइन्। तैपनि उनी बोल्न सकिनन्, उनको तर्फबाट सचिवले जवाफ दिए। आफूले संसदमा बोलेको भन्दै बोल्न इन्कार गरिरहिन । दुबै मन्त्री आठ महिना २० दिन पछि जिम्मेवारी छाडेर मन्त्रालयबाट बाहिरिएका छन् ।

मन्त्री हुँदा सहरी विकास मन्त्रालयमा पदभार ग्रहण गर्दा निक्कै खुसी देखिएकी झाँक्री मन्त्री पद गएपछि भने रुदै बाहिरिएकी छन् । संकृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेम आलेले आफू ९० प्रतिशत सफल भएको दाबी गरेर आफनो कार्यकाल अश्लिल गालीदेखि पटक–पटक विवादमा आएर बाहिरिएका छन् ।


क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार, सामाजिक सञ्जाल
ट्याग : #प्रेम आले चर्किने, #रामकुमारी झाँक्री, #रामकुमारी झाँक्री रुने

तपाईको कमेन्ट लेख्नुहोस्