Techie IT
  • ७ भदौ २०८२, शनिबार

नेपाल टेलिकमको लिज लाइनको नयाँ महशुल कायम, ३६ प्रतिशतसम्म घट्यो मूल्य


काठमाडौं । नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको सेवा शुल्क ३६ प्रतिशतसम्म घटाएको छ। कम्पनीले पुरानो शुल्कको तुलनामा निकै सस्तो दरमा नयाँ सेवा शुल्क सार्वजनिक गरेको हो । नेपाल टेलिकमले उपलब्ध गराइरहेको लिज कनेक्टिभिटीको नयाँ महशुलदर कायम गरिएको जानकारी दिएको छ।

असार १ गतेदेखि लागू हुनेगरी इन्टरनेट तथा इन्ट्रानेट दुवै लिज लाइनको महशुल दर ३६ प्रतिशतसम्म कम हुनेगरी कायम गरिएको हो। इन्टरनेट लिज लाइन अन्तर्गत १ देखि २० एमबीपीएस ब्यान्डविथको महशुल दर पहिले २ हजार ५ सय रहेकोमा अब १ हजार ६ सय मात्र हुनेछ। त्यसैगरी २१ देखि ५० एमबीपीएसको महशुल दर पनि २ हजार ३ सयबाट घटाएर १ हजार ६ सय नै कायम गरिएको छ ।

५१ देखि १०० एमबीपीएस र १०० एमबीपीएस ब्यान्डविथ भन्दा बढी क्षमताको महशुल क्रमशः २ हजार १ सय र १ हजार ९ सय रहेकोमा अब दुवैको महशुल दर १ हजार ५ सय कायम गरिएको उल्लेख छ। इन्ट्रानेट लिज लाइन अन्तर्गत १ देखि १० एमबीपीएस ब्यान्डविथको महशुल २ हजार ७ सय रहेकोमा अब २ हजार ४ सय ११ देखि १०० एमबीपीएसको २ हजार ४ सय रहेकोमा अब २ हजार १ सय र १०० एमबीपीएस भन्दा बढीको २ हजार १ सय रहेकोमा अब १ हजार ८ सय कायम गरिएको छ।

नेपाल टेलिकमले विभिन्न सरकारी तथा व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ। यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधैं बराबर रहन्छ भने यो सेवा २४ सै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहने नेपाल टेलिकमले जनाएको छ।


क्याटेगोरी : अर्थ, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #इन्टरनेट तथा इन्ट्रानेट, #नेपाल टेलिकम, #लिज कनेक्टिभिटीको सेवा

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं