बागमतीका मुख्यमन्त्री राजेन्द्र पाण्डे र काठमाडौं महानगर बालेन साहबीच टसल
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच टसल देखिएको छ । एकले अर्कोलाई आरोप लगाउदै दुबैबीच टसल भएको देखिएको हो । काठमाडौंको फोहोरको विषयलाई लिएर बागमती प्रदेश सरकार र काठमाडौं महानगरपालिकाबिच मनमुटाव सुरु भएको बताइएको छ ।
सोमबार बाग्मती प्रदेशले आयोजना गरेको अभिमुखीकरण कार्यक्रमपछि महानगरपालिका र प्रदेश सरकारबीच तनाव भएको थियो । प्रदेश सरकारका अर्थमन्त्रीले काठमाडौंको फोहोर अरू पालिकामा फाल्न नपाउने बताएपछि असन्तुष्ट भएर मेयर साह कार्यक्रम नै छोडेर हिँडेका थिए । उनले अभिमुखीकरण कार्यक्रममा काठमाडौं महानगरलाई गाली मात्रै गरिएको आरोप लगाए ।
दुई दिने अभिमुखीकरण कार्यक्रम मंगलबार सकिएको छ । उद्घाटनको दिन कार्यक्रम छोडेर हिँडेका काठमाडौंका मेयर र उपमेयर दोस्रो दिन सहभागी भएनन् । आफूले यो कुरा भाषणमा नै प्रस्ट्याएकाले काठमाडौंका मेयर असन्तुष्ट हुनुपर्ने कारण नभएको मुख्यमन्त्री पाण्डेको भनाइ छ ।
मेयर साहले अभिमुखीकरण कार्यक्रम नै बहिष्कार गरेको विषयमा भने आफू अनभिज्ञ रहेको उनले बताए । मैले प्रमुख अतिथिको रूपमा बोल्दा काठमाडौंको फोहोर उठाउने कुरामा आफूहरू जुनसुकै भूमिका निभाउन तयार रहेको स्पष्ट पारेको छु । काठमाडौं पनि बागमती प्रदेशभित्रै महानगर भएकाले यहाँको फोहोरको चिन्ता हामीलाई पनि उत्तिकै पाण्डेले जवाफ दिएका छन् ।
क्याटेगोरी : अर्थ, जनगुनासो, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #मुख्यमन्त्री राजेन्द्र पाण्डे, #मेयर बालेन्द्र साह
ताजा खबर
- १रास्वपाको पहिलो केन्द्रिय समिति बैठकः अनुशासन आयोगको प्रमुखमा पूर्वन्यायाधीश पौडेल मनोनित
- २प्रविधिजन्य लैङ्गिक हिंसा नियन्त्रणका लागि राष्ट्रिय सभामा संकल्प प्रश्तावमाथि छलफलः नयाँ कानून र संरचना बनाउन सांसदहरूको माग
- ३मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
- ४सबै उजुरीकर्तालाई संसदीय सुनुवाई समितिमा बोलाउन आवश्यक छैनः कविन्द्र बुर्लाकोटी
- ५संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छः वर्षमान पुन



तपाईको कमेन्ट लेख्नुहोस्