बालेन्द्रको जवाफः सिसडोलका स्थानीयमाथि प्रहरीबाट बल प्रयोग गर्ने अधिकार हाम्रो होइन
काठमाडौं । काठमाडौंको फोहोर थुपार्ने स्थल नुवाकोटको सिसडोलमा केही दिनअघि प्रहरी र स्थानीयबीच झडप भएको घटनालाई मेयर बालेन्द्र साहले घुमाउरो जवाफ दिएका छन् । सो घटनालाई लिएर कतिपयले महानगरका मेयर बालेन्द्र साहको आलोचना समेत गरेका थिए ।
साहले सिसडोलवासीको समस्यामा सहानुभूति दर्साउँदै उनीहरूमाथि कुनै बल प्रयोग नगर्ने प्रतिबद्धता जनाएकोमा त्यसको उल्लंघन गरेको आरोप लगाइएको छ । आइतबार बसेको काठमाडौं महानगरको नगर कार्यपालिका बैठकमा वडाध्यक्षले यो विषय उठाएका थिए । उनले सिसडोलबासीविरुद्ध बल प्रयोग भएको सन्दर्भमा मेयर साहसँग प्रष्टीकरण मागेका थिए ।
‘अस्ति सिसडोलमा फोहोर फाल्ने क्रममा शक्ति प्रयोग भएको देखियो । कहाँबाट भएको हो मेयर गृहमन्त्री वा सहरी विकास मन्त्रालयको निर्देशनमा भएको हो जानकारी दिइयोस् ।’वडाध्यक्षको प्रश्नमा मेयर साहले सिधा जवाफ दिएनन् । उनले घुमाउरो ढंगले बल प्रयोगमा महानगरको हात नभएको बताएका थिए । ‘पहिले काठमाडौं महानगरपालिकाको अधिकार क्षेत्र के–के पर्छ भन्ने बुझ्नुपर्छ ।
महानगरसँग सुरक्षाका रूपमा नगर प्रहरी मात्रै छ । जनपद प्रहरी, नेपाली सेना, एपीएफलगायत गृह मन्त्रालय मातहतमा हुन्छन् । यति भनिसकेपछि अरू केही भन्न पर्छ जस्तो लाग्दैन ।’वडाध्यक्षले महानगरले नै गृहलाई प्रहरी परिचालनका लागि पत्र पठाएको हो कि भन्ने थप जिज्ञासा राखे । त्यसलाई पनि साहले इन्कार गरे । ‘त्यसरी हामीले पत्र पठाउन पाइँदैन । उनले नेपाली सेना गृह मन्त्रालय मातहत पर्ने बताए । यद्यपि, सेना रक्षा मन्त्रालय मातहत पर्छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #काठमाडौंको फोहोर, #नुवाकोटको सिसडोल, #मेयर बालेन्द्र साह
ताजा खबर
- १चुनौतिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न एकतावद्ध भएर अगाडि बढ्नुपर्ने आवश्यकताका कारण महासचिवमा दोहोरिने निर्णय गरेँः शंकर पोखरेल
- २दलहरूसँग संवादका लागि सरकारले बनायो समिति, अनिल सिन्हा संयोजक
- ३एमालेलक्षित गृहमन्त्रीको टिप्पणीः निर्वाचन हुँदैन भनेर भ्रम फैल्याउने काम नगरियोस्
- ४एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
- ५एमालेको निर्वाचन तालिका संशोधन, साढे ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन



तपाईको कमेन्ट लेख्नुहोस्