काठमाडौं मेयर बालेन र वडाध्यक्ष मुकुन्द रिजालबीच लन्च मिटिङमा के के भयो कुरा
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले वडा नम्बर १६ का भाइरल बनेका वडाध्यक्ष मुकुन्द रिजालसँग छलफल गरेका छन् । जनप्रतिनिधिसँग नियमित भेटघाटका क्रममा मेयर बालेन रिजाललाई भेट्न उनको निवास पुगेका हुन्।
रिजाल तिनै वडाध्यक्ष हुन् जसले कार्यपालिकाको पहिलो बैठकमै मेयर साहसँग सवाल जवाफ गरेका थिए। उनले बैठकको प्रक्रिया नमिलेको भन्दै प्रक्रिया सिकेर आउन समेत मेयर साहलाई सुझाव दिएका थिए। तपाई इन्जिनियर हुनुहुदो रहेछ बैठक सञ्चालन गर्ने प्रक्रिया पढेर आउनु भनेपछि वडाध्यक्ष रिजाल सामाजिक सञ्जालमा भाइरल भएका थिए ।
कलाकार अर्जुन घिमिरे पाँडेसँगै रिजाल निवास पुगेका मेयर साहले झण्डै दुई घण्टा उनको निवासमा बिताएका थिए। सँगै लन्च गरेका उनीहरुले दुई जनाबीच महानगरको कामलाई सहज बनाउने र फोहोर व्यवस्थापनको दिगो समाधानका विषयमा कुराकानी भएको बताइएको छ ।
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #बालेन साह, #वडाध्यक्ष मुकुन्द रिजाल
ताजा खबर
- १गैरदलीय स्थानीय निर्वाचन माग्दै कुलमान घिसिङ
- २सरकारबिरुद्ध आन्दोलन गर्ने ओली–प्रचण्डको धम्की, प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न
- ३इन्टरनेटमा मनलाग्दी शुल्क असुली, सरकार मुखदर्शक, उपभोक्ता ठगिदैं
- ४चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा पनि असर,विहिबारदेखि पानी पर्ने
- ५रसुवा भोटेकोशी नदीमा बेपत्ताको अवस्था अझै अज्ञात, सरकारले खोज्नै छाड्यो



तपाईको कमेन्ट लेख्नुहोस्