प्रधानमन्त्री देउवा र मेयर बालेनबीच भेट, फोहोर ब्यवस्थापनबारे छलफल
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र महानगरपालिका प्रमुख साहबीच भेटवार्ता भएको हो । भेटमा काठमाडौंको फोहोर व्यवस्थापनका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बञ्चरेडाँडका स्थानीयवासी र जनप्रतिनिधिसँग पनि छलफल गरेर दीर्घकालीन समाधान खोज्न प्रधानमन्त्री देउवाले आग्रह गरेका छन् । बञ्चरेडाँडाका स्थानीयले फोहोर ब्यवस्थापनमा अवरोध पुर्याइरहेका छन् । काठमाडौंको फोहोर लिएर बञ्चरेडाँडा ल्याण्डफिल साइट पुगेका सवारी साधन स्थानीयको अवरोधपछि फोहोर नखसाली काठमाडौैं नै फिर्ता गरिरहेका छन् ।
प्रहरीको उच्च सुरक्षाबीच लगिएको फोहोर बोकेको गाडी स्थानीय वासिन्दाको अवरोधपछि फिर्ता गरिएको थियो । केही गाडीले ल्याण्डफिल साइटमा फोहोर खसाले पनि स्थानीय वासिन्दाले गाडीमा ढुंगामुढा गर्न थालेपछि धेरैजसो गाडी फोहोरसहित फिर्ता गरेपछि फोहोर ब्यवस्थापनमा सकस परेको छ ।
सोमबार धादिङको धुनीवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधिसँग स्थानीयका माग सम्बोधन हुने गरी सम्झौता भएको दाबी शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाले गरेको थियो । तर, स्थानीयले भने आफूहरुका माग पूरा नभएको र गोप्य रुपमा भएको सहमति मान्य नहुने भन्दै आन्दोलन गरिरहेका छन् ।
आन्दोलनलाई दवाउन भने प्रहरीले बल प्रयोग गरेपछि स्थानीय झनै आक्रोशित बनेका छन् । जग्गा अधिग्रहण, गुठीको जग्गा, उद्योग स्थापना र स्थानीय युवालाई रोजगारको व्यवस्था लगायतका कुरामा स्पष्ट व्यवस्था नभएको भन्दै स्थानीय बिरोधमा उत्रिरहेका छन् ।
क्याटेगोरी : जनगुनासो, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #बालेन साह, #शेरबहादुर देउवा
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्