निर्धक्कसँग मतदान गर्न प्रधानमन्त्री देउवाले देशबासीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा निर्धक्कसँग मतदान गर्न देशवासीमा आग्रह गरेका छन् । बिहीबार साँझ एक भिडियो सन्देशमार्पत प्रधानमन्त्री देउवाले यस्तो आग्रह गरेका हुन् ।
सन्देशमा उनले भनेका छन्, ‘३० वैशाखमा हुन गइरहेको स्थानीय तहको निर्वाचनमा निर्धक्कसित मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न म सम्पूर्ण देशवासीहरुमा हार्दिक अपील गर्दछु।
निर्वाचनलाइ स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकारले सम्पूर्ण व्यवस्थापन चुस्त दुरुस्त बनाएको छ । स्थानीय तहदेखि नै लोकतान्त्रिक अभ्यासमा सहभागी भई लोकतान्त्रिक शासन पद्धतिको संस्थागत विकासमा योगदान पुर्याउन हुन म सबैमा अनुरोध गर्दछु। ‘
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #प्रधानमन्त्री देउवा, #प्रधानमन्त्री शेरबहादुर देउवा
ताजा खबर
- १पूर्वराष्ट्रपति भण्डारीलाई विमानस्थलमै ५१ किलोको माला
- २प्रधानमन्त्रीलाई बालेनको आग्रहः लिपुलेक हाम्रो हो भनेर चीनलाई सम्झाउन नबिर्सनुहोस्
- ३रोहितको उत्कृष्ट शतकमा साउथ अष्ट्रेलियामाथि नेपालको जित
- ४आन्दोलनरत उखु किसानले भदौ २५ गतेदेखि अनिश्चितकालिन राजमार्ग बन्द गर्ने
- ५सुनको मूल्यमा रेकर्ड : तोलाकै २ लाख नाघ्यो
तपाईको कमेन्ट लेख्नुहोस्