भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण तय,यस्तो छ कार्यतालिका
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको कार्यतालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार मोदी आगामी सोमबार लुम्बिनी आउने छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा मोदी बुद्ध जयन्तीका अवसरमा लुम्बिनी आउन लागेका हुन्। लुम्बिनीमा मोदी र देउवाले मायादेवी मन्दिरमा संयुक्त पूजाअर्चना गर्नेछन ।
मोदीले बिहार क्षेत्रमा बौद्ध संस्कृति र सम्पदा केन्द्रको शिलान्यास गर्नेछन्। त्यसलगत्तै परराष्ट्र मन्त्री डा. नारायण खड्काले मोदीसँग शिष्टाचार भेट गर्ने कार्यतालिका छ । प्रधानमन्त्री देउवा र मोदीबीच दुई पक्षीय औपचारिक वार्ता पनि हुने परराष्ट्र मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री देउवाले मोदी र भारतीय प्रतिनिधि मण्डलको सम्मानमा दिवाभोजको पनि आयोजना गरेका छन् ।
प्रधानमन्त्रीका रूपमा मोदीको यो पाँचौं नेपाल भ्रमण हो । उनी प्रधानमन्त्रीको रुपमा पहिलोपटक सन् २०१४ मा नेपाल आएका थिए । लुम्बिनीमा भने भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधामन्त्री हुनेछन् । उनी सोही दिन भारत फर्किने कार्यतालिका छ । अहिले लुम्बिनीको सुरक्षा अवस्था मजबुद बनाईएको छ ।
बुधबारमात्रै भारतीय वायु सेवाको जहाज लुम्बिनी अवतरण भैसकेको छ। उक्त विमानमा भारतीय सुरक्षा अधिकारीहरू आएका थिए । भारतीय विदेश मन्त्रालयले पनि मोदीको नेपाल भ्रमणबारे कार्यतालिका सार्वजनिक गरेको छ । नेपाल र भारत दुवै देशका विदेश मन्त्रालयबाट मोदीको लुम्बिनी भ्रमणको बारेमा औपचारिक वक्तव्य सार्वजनिक गरिएको हो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #परराष्ट्र मन्त्रालय, #पाल भ्रमणको कार्यतालिका, #भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी
ताजा खबर
- १सबैलाई निर्वाचनमा भाग लिने वातावरण बनाउन सरकारले आवश्यक कदम चालोस्ः अध्यक्ष दाहाल
- २सौराहामा रास्वपाको विस्तारित बैठक शुरु (तस्बिरसहित)
- ३बाबुराम भट्टराईको छलफलमाः जनार्दन शर्मादेखि डिपी अर्यालसम्म
- ४सुधनले मागे गृहमन्त्रीको राजीनामा, जेन–जीको माग पूरा नभए चुनाव हुन नदिने चेतावनी
- ५गृहमन्त्री अर्यालद्वारा पूर्वराष्ट्रपति भण्डारीसँग भेटवार्ताः आन्दोलनमा जलेको घरको निरीक्षण



तपाईको कमेन्ट लेख्नुहोस्