कृष्ण प्रसाईँको “घामको आयु” कविता संग्रह सार्वजनिक
काठमाडौं । बैसाख ४ गते इलामको सुर्योदय नगरपालिका अन्तर्गत श्री अन्तुमा जेन कवि कृष्ण प्रसाईंको “घामको आयु” नामक जेन कविता संग्रहको लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत उपाध्याय “प्रेझित“ देवकोटा लु सुन प्रज्ञा प्रतिस्ठानका अध्यक्ष निनु चापागाईं, भारत सिक्किमका पुर्व सचिव किरण रसाइली, सिक्किम सरकारकी पिछडा वर्ग आयोगकी चेयरमेन पवित्रा भन्डारी, प्रसिद्ध भारतीय महाकाव्यकार मोहन दुखुन सिक्किमका एक दर्जन मिडियाकर्मी र मिडिया हाउसका सन्चालक, सिलगढी भारतका चर्चित नेपाली र हिन्दी कविहरू र नेपालका पत्रकारहरूले संयुक्त रूपमा उदाउँदो घाम र कंचनजंघालाई देखाएर कृतिको अनावरण गरेका थिए ।
उक्त पुस्तक दुई महिना अघि श्रीलंकाली सिङहाला भाषामा प्रकासित भैसकेको छ नेपालीमा भाषामा भने आइतबार लोकापर्ण गरिएको हो । शनिबारदेखि सुरु भएको उक्त कार्यक्रममा नेपाल र भारतका विभिन्न ३० कविहरूले कविता वाचन गरेका थिए । उक्त सम्मेलनको आयोजना देवकोटा लु सुन र प्रज्ञा प्रतिष्ठानले गरेको थियो भने स्थानीय स्तरमा गणेश रसिक फाउन्डेसनले गरेको थियो ।
सो समारोहमा भारतका कवि मोहन दुखुनलाई पचास हजार राशिको पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष निनु चापागाईंले गरेका थिए भने प्रमुख अतिथिको रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगत उपाध्याय र बिशेष अतिथि संगितकार गणेश रसिकको उपस्थिति थियो ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार, साहित्य
ट्याग : #“घामको आयु”, #कवि कृष्ण प्रसाईं, #श्री अन्तुमा जेन
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्