सुपारी आयातमा संसदीय समिति बाधक, रोक्न सरकारलाई दियो निर्देशन
काठमाडौं । सरकारलाई सुपारी आयातको इजाजत रोक्न संसदीय समितिले निर्देशन दिएको छ । बुधवार बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले सुपारी आयात इजाजत पत्र नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो ।
उद्योग र वाणिज्य सचिवको उपस्थितिमा भएको छलफलपछि समितिले यस्तो निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले बताए ।
देशको अर्थतन्त्र कमजोर भएको र विदेशी मुद्राको सञ्चिति न्यून रहेको बेला यो वस्तुको आयात जरुरी छैन भन्ने निष्कर्षमा पुगेर समितिले यस्तो निर्देशन दिएको उनले बताए ।
समितिले सुपारी आयात र प्रयोगको अवस्थाबारे स्थलगत अध्ययन गर्ने पनि निर्णय गरेको समिति सभापति श्रीवास्तवले जानकारी दिए ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #आयात इजाजत पत्र, #संसदीय समिति, #सुपारी आयात
ताजा खबर
- १गैरदलीय स्थानीय निर्वाचन माग्दै कुलमान घिसिङ
- २सरकारबिरुद्ध आन्दोलन गर्ने ओली–प्रचण्डको धम्की, प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न
- ३इन्टरनेटमा मनलाग्दी शुल्क असुली, सरकार मुखदर्शक, उपभोक्ता ठगिदैं
- ४चक्रवात ‘अर्णव’को प्रभावले नेपालमा पनि असर,विहिबारदेखि पानी पर्ने
- ५रसुवा भोटेकोशी नदीमा बेपत्ताको अवस्था अझै अज्ञात, सरकारले खोज्नै छाड्यो



तपाईको कमेन्ट लेख्नुहोस्