किन भयो एक्कासी पेट्रोल अभाव,पम्पहरुमा लाग्यो लामै लाइन
काठमाडौं । व्यवसायीले शुक्रबारबाट सबै प्रकारका पेट्रोलियम पदार्थ उठाउन छाडेका छन । सरकारलाई कमिसन बढाउन दबाब दिँदै ब्यवसायीले गरेको अन्दोलनका कारण बजारमा फेरि एक पटक पेट्रोलियम पदार्थको हाहाकार हुने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ । शुक्रवार बिहानै देखि पेट्रोलपप्प र ग्यास डिलरहरुमा घुइचोँ थियो । कारण थियो अब शनिवारबाटै पेट्रोल र ग्यासको अभाव हुदै छ भन्ने । किन कि पेट्रोलियम पदार्थको ढुवानी भाडा र डिलर कमिसन बढाउन माग राख्दै पेट्रोलियम व्यवसायीले ढुवानी ठप्प पारेका छन् ।
शुक्रबार बिहानैदेखि ग्यास, डिजेल, पेट्रोल, हवाई इन्धनलगायत सबै प्रकारका पेट्रोलियम उठाउन छाडेका छन् । यस अगाडि ल्याइएका इन्धनले शुक्रवार सम्म मात्रै धान्न सकिने भन्दै शनिवार बितरण गर्न नसक्ने व्यवसायि बताउछन् । एकातिर उपभोक्ता अहिलेसम्मकै उच्च मुल्य तिरेर ग्यास र पेट्रोल उपभोग गर्न बाध्य छन् । अर्काे तर्फ व्यवसायिको सरकार सगंको कमिसनकको कुरा नमिल्दा आम नागरिक झनै समस्यामा परेका छन् ।
पछिल्लो समय पेट्रोल र डिजेलको भाउ बढेपछि ढुवानी भाडा नबढेकाले नयाँ भाडा समायोजन गर्नुपर्ने व्यवसायीको माग छ । नेपाल पेट्रोलियम डिलर राष्ट्रिय संघले माग पूरा नभएसम्म ढुवानी रोकिने बताएको छ । महासंघले सबै व्यवसायीलाई ढुवानी रोक्नसमेत आग्रह गरेको छ । जस अनुसार आज देशभर ढुवानी सेवा बन्द छ । निगमले व्यवसायीका माग नसुनेकोसंघको आरोप छ । आफ्नो माग पुरा नभएसम्म आन्दोलन नरोक्ने व्यवसायिहरुको अडान छ ।
व्यवसायिहरुले लामो समयदेखि क्रमबद्घ आन्दोलन गर्दे आएको बताएका छन् । काठमाडौं उपत्यकामा सबैभन्दा धेरै पेट्रोलियम पदार्थ खपत हुने गरेको छ । यहाँ उपत्यकामा दैनिक करिब एक हजार किलोलिटर डिजेल र ७ सय किलोलिटर पेट्रोल खतप हुने गरेको छ । हाल नेपालमा दैनिक १ लाख सिलिन्डर ग्यास खपत हुँदै आएको छ । यसैगरी देशभर दैनिक ६ करोड लिटर डिजेल र पेट्रोल खपत हुँदै आएको छ ।
क्याटेगोरी : अर्थ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #ग्यास, #डिजेल, #पेट्रोल, #पेट्रोल अभाव, #पेट्रोलियम पदार्थ, #हवाई
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्