ओलीको दाबीः निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीको गठबन्धन बने पनि जित्छौं
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरुले गठबन्धन गरेपनि आफनो पार्टीले चुनाव जित्ने दाबी गरेका छन् । शनिवार काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष ओलीले आगामी निर्वाचनमा निर्वाचन आयोगमा दर्ता भएका सबै पार्टीहरू एकमुस्ट गठबन्धन गरेर आएपनि एमालेले एक्लै चुनाव लडेर जित्ने दाबी गरेका हुन् ।
उनले अन्य पार्टीहरू एमालेसँग डराएर यसका विरुद्धमा गठबन्धन बनाउन लागिरहेको बताए । उनले सबै पार्टीहरू एकातिर लागेपनि ५० प्रतिशतभन्दा बढी नेपाली जनता एमालेको साथमा रहेको जिकिर गरे । उनले भने, ‘हाम्रा सबै कमरेडहरुले तयारी गर्नुपर्छ आ–आफ्नो ठाउँबाट ।
कलम चलाउन जान्नेहरू कलम लिएर उठ, बाजा बजाउन जान्नेहरू बाजा लिएर उठ, उद्योगको क्षेत्रमा काम गर्ने उद्योगको क्षेत्रबाट उठ, कृषिको क्षेत्रमा काम गर्ने कृषिको क्षेत्रबाट उठ, जुन–जुन क्षेत्रमा जहाँ–जहाँ छौँ त्यहीँ–त्यहीँबाट उठ देशलाई विजयी बनाउन उठ, जनतालाई विजयी बनाउन उठ, एमालेलाई विजयी बनाउन उठ ।’ अध्यक्ष ओलीले एमालेले राष्ट्रवाद र देशभक्तिको धारको नेतृत्व गरेको समेत बताएका थिए ।
अध्यक्ष ओलीले प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन गर्न खोजेको औँल्याउँदै देउवा एमालेको पाखुरा देखेर छक्क परेको बताए ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #केपी शर्मा ओली, #निर्वाचन आयोग
ताजा खबर
- १विशेष महाधिवेशनमा जाने सर्वसम्मत निर्णयले पार्टीलाई फुटबाट बचाउँछ : कोइराला
- २दुर्गा प्रसाईं पक्राउपछि उपत्यकामा सुरक्षा व्यवस्था कडा
- ३मुख्यमन्त्री यादवलाई काम गर्न नदिइएको भन्दै प्रदर्शन
- ४संक्रमणकालिन अवस्थाको गम्भीर असर मुलुकको आर्थिक वृद्धिदरमा पर्ने
- ५५ हजार कैदी अझै फरारः खोजतलासका लागि कार्यदल गठन



तपाईको कमेन्ट लेख्नुहोस्