कांग्रेसले गठबन्धन नगरे प्रचण्डले हार्ने चुनाव लड्दैनन् एमालेसँग मिल्छनः देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले र माओवादी फुटिहाले त्यसैले जितिन्छ भन्ने भ्रममा नपर्न कांग्रेस नेतालाई बताएका छन् । शनिवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धन गर्नु हुँदैन भन्ने कांग्रेस नेताहरूप्रति आक्रोशित बन्दै त्यस्तो अभिब्यक्ती नदिन सचेत गराएका हुन् ।
उनले नेकपा माओवादीलाई गठबन्धन गरेर नलाने हो भने प्रचण्ड कुनै पनि बेला एमालेसँग मिल्न जाने बताए । देउवाले एमाले अझै बलियो बन्दै गएको र नेपालमा कम्युनिस्टको धेरै ठूलो संख्या रहेकाले गठबन्धन आवश्यक भएको जिकिर गरे ।
सभापति देउवाले भने–गठबन्धन कांग्रेस जिताउन गर्ने हो । हिजो शेखर कोइराला हारेको होइन ? हाम्रो हालत के थियो ? एमालेलाई फुटेको नसोचौँ, केपी ओली झन् बलियो बनेको बताए । प्रचण्डले आफूले हार्ने चुनाव नलड्ने भन्दै कांग्रेससँग गठबन्धन नभए एमालेसँग मिल्न जाने आशंका ब्यक्त गरे ।
प्रधानमन्त्री देउवाले कांग्रेसलाई बलियो बनाउन र कम्युनिस्ट मिल्न नदिन गठबन्धन आवश्यक रहेको जिकिर गरे । कार्यक्रममा सहभागि भएका शेखर कोइरालाले भने गठबन्धन गर्दा कांग्रेस आइको अवस्थामा पुग्ने चिन्ता व्यक्त गरेका थिए । उनले कांग्रेस मिले मात्र पनि जितिने बताएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #नेकपा माओवादी, #माओवादी, #शेखर कोइराला, #शेरबहादुर देउवा
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्