कांग्रेसका केही नेता अतिबादी बनेको प्रचण्डको गुनासो, गठबन्धन एमालेसँग पनि हुनसक्छ
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुनावमा माओवादीसँग गठवन्धन गर्नेबारे कांग्रेसका केही नेता अतिवादी बनेको गुनासो गरेका छन् । बुटबलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले अहिले गठबन्धनमा भएपनि तत्काल एमालेसँग गठबन्धनको सम्भावना नभएको बताए । तर, प्रचण्डले राजनीतिमा असम्भव केही नहुने भन्दै एमालेसँग पनि चुनावमा गठबन्धन हुन सक्ने बताए ।
कांग्रेसका केही नेताले माओवादीसँग कुनै हालतमा गठवन्धन हुँदैन भन्ने खालका अतिवादी विचार राखिरहेको गुनासो प्रचण्डको छ । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा गठबन्धनलाई बचाएर लैजाने पक्षमा रहेको बताए । यद्यपि, आफ्नो पार्टीले आफ्नै तागतमा चुनाव लड्ने कुरालाई प्राथमितामा राख्ने उनको भनाइ छ । गठवन्धन होला र जितौंला भन्ने मनस्थितिमा नबस्न उनले कार्यकर्तालाई आग्रह गरे ।
प्रचण्डले चुनाव हुन्छ वा हुँदैन भन्ने संशयको अवस्था अझै व्याप्त रहेको पनि प्रचण्डले बताए । उनले भने, ‘बाहिर अझै पनि निर्वाचन हुँदैन कि भन्ने चर्चा सुनिन्छ । तर, हामी चुनावको तयारीमा पुरै तागत लगाएर गइसक्यौं ।’ उनले आज प्रधानमन्त्रीसँग भएको भेटमा पनि आफूले चुनावका बारेमा उठेका संशयबारे छलफल गरेको बताए ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #गठवन्धन, #पुष्पकमल दाहाल प्रचण्ड
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्